Taksar Vol. 6 Issue 7

टक्सार वर्ष ६, अङ्क ७: अर्थ-सामाजिक 'सक'

E-magazine

Rs 150 Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: November 03, 2026

टक्सार प्रिमियम म्यागजिन: २०८३ कात्तिक अंकका प्रमुख आकर्षणहरू:

  •  विपदपछिको अर्थ-सामाजिक 'सक'  
    नेपालमा आन्तरिक तथा बाह्य कारणले पर्ने धक्का (सक)हरूले अर्थसामाजिक क्षेत्रमा कसरी अल्पकालीनमात्रै नभई दीर्घकालीन प्रभाव र असर छाड्ने गरेका छन्?   सप्तकोसी बाढी, भूकम्प-नाकाबन्दी, तराई डुबान, कोभिड महामारी र हालैको ल्हेन्दे-भोटेकोसी जलप्रलयसहित पाँच ठूला 'सक' र यसले अर्थतन्त्र तथा उत्पादकत्वमा पारेको 'हिस्टेरेसिस प्रभाव'को को अर्थशास्त्रीय विश्लेषण   
  • आवरण विश्लेषण - इकोनोमिक सकबाट उत्रन निजी क्षेत्रमैत्री सरकारी नीति: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठको विचार:
     अर्थतन्त्रलाई गति दिन सरकार निजी क्षेत्रको नियामक मात्र नभई निष्पक्ष सहजकर्ता र विकासको साझेदार बन्नुपर्ने आवश्यकता।
     
  • आवरण टिप्पणी - बढ्दो प्राकृतिक प्रकोप र नयाँ विकास मोडेलको चर्चा:  हिमनदी र हिमतालहरू द्रुत गतिमा पग्लिँदा नदी करिडोरमा बढेको जोखिम र विकासका परम्परागत ढाँचाहरूमाथि उठेका प्रश्न।   राजनीतिक अर्थशास्त्री हरि रोकाको गहन विश्लेषण
     
  • विकास बहस - भोटेकोसीको कहर र कृषि पुनरुत्थान: विश्व खाद्य कार्यक्रमको नेपालका लागि कार्यवाहक प्रमुख   अरूण जिसीको आलेख: प्राकृतिक विपद्का कारण धानलगायतका मुख्य बालीहरू नष्ट हुँदा स्थानीयस्तरमा खाद्यान्न उत्पादन घटेको र यसले ग्रामीण अर्थतन्त्र तथा खाद्य सुरक्षामा गम्भीर चुनौती थपेको छ।   कृषि पुनरुत्थानमा विकास साझेदारहरूको अपरिहार्य भूमिका:विपद्‌ले तहसनहस बनाएको ग्रामीण कृषि प्रणालीलाई पुनर्जीवित गर्न एक्लो सरकारको स्रोत र साधनले मात्र पर्याप्त नहुने हुँदा विकास साझेदारहरूको सहयोगको खाँचो छ।  
     
  • टक्सार टक  - निजी क्षेत्रले आर्थिक लोकतन्त्रको अनुभूति गर्न पाउनुपर्छ   नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसँगको विशेष संवाद: लगानीको वातावरण नबन्नुका कारण, घरजग्गा (रियल इस्टेट) नियन्त्रणको असर, अनुपालनको भार, सम्पत्ति अभिलेखीकरण र 'ग्रे लिस्ट' जोखिमबाट मुलुकलाई जोगाउने उपायहरूबारे बहस।  
     
  • विशेष टिप्पणी - सार्वजनिक ऋणको बढ्दो बहसः  महेश्वर काफ्ले (नेपाल सरकारका पूर्व सचिव तथा कार्यवाहक महालेखापरीक्षक) को विश्लेषण: नेपालमा बढ्दो सार्वजनिक ऋण, आन्तरिक ऋणको तीव्र वृद्धि र पुँजीगत खर्चको कमजोर कार्यान्वयन।   ऋणको आकारभन्दा प्रतिफल नदिने क्षेत्रमा हुने खर्च कसरी अर्थतन्त्रका लागि वास्तविक खतरा बनिरहेको छ भन्नेबारे तथ्यपरक चर्चा।  
     
  • दृष्टिकोण - आधुनिकीकरण र नेपाल बैंकको नियति   ऐतिहासिक 'तालाबन्दी कर्जा'को अवधारणादेखि आधुनिक डिजिटल बैंकिङ र मौज्दातमा आधारित वित्तपोषणसम्मको यात्रा।   अनिमेशकुमार मिश्रको विश्लेषण
     

साथमा

  • अग्राधिकार सेयरः दोहोरो अङ्कमा लाभांश
  • संसदीय-मञ्च: सीमान्तकृतको आर्थिक अधिकार वकालत
  • सिईओ-कर्नर: डिग्रीभन्दा माथि क्षमता र भविष्य निर्माण
  • प्रकृति पूजा, पौराणिक ज्ञान र विपद् व्यवस्थापनको विज्ञान — डा. चेतनारायण आचार्य

साथमा नियमित स्तम्भ र रिपोर्टहरू ।

 

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.