Taksar Vol. 6 Issue 5

टक्सार वर्ष ६, अङ्क ५: अप्रयुक्त श्रमतन्त्र

E-magazine

Rs 150 Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: August 26, 2026

अंकका प्रमुख आकर्षणहरू:

 मानव पुँजी परिचालनमा भएको चुक: 
नेपालको कमजोर मानव पुँजी परिचालन, कहाँ चुक्यो राज्य? आन्तरिक रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा सरकारले कसरी उल्टो बाटो रोज्यो? १०० वर्षमा एक पटक आउने जनसाङ्ख्यिक लाभांश नेपालले कसरी गुमाउँदैछ?

श्रमबजारमा प्रवेश गर्ने वार्षिक ६ लाख युवा श्रमशक्तिको व्यवस्थापनमा भइरहेका चुकसहित श्रम अर्थतन्त्रका समग्र अवयवहरूको पूर्ण विश्लेषण

आवरण विश्लेषण - अलमलिएको नेपालको श्रम अर्थतन्त्र: युवराज बस्नेत

नेपालको श्रम बजारमा प्रवेश गर्ने कुल जनशक्तिमध्ये करिब १० प्रतिशतले मात्र औपचारिक रोजगारी पाउँछन्। रेमिट्यान्सको उपभोगले कुल गार्हस्थ्य उत्पादन बढाएको जस्तो देखिए पनि देशभित्रको आन्तरिक उत्पादन र उत्पादकत्व भने निरन्तर घट्दो क्रममा छ।

 आवरण विश्लेषण - डा. रूद्र सुवाल: तत्कालै आवश्यक जनशक्ति विकास योजना

नेपालमा आर्थिक रूपमा सक्रिय जनसङ्ख्या १ करोड ५७ लाख पुगेको छ, तर यसको ठूलो हिस्सा सीपहीन वा न्यून सीपयुक्त अवस्थामा छ।

 टक्सार-टक:   "वैदेशिक रोजगारलाई सम्मानित पेसाका रूपमा स्थापित गर्नुपर्छ"- डिकबहादुर खत्री (कुमार), अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ।

सिइओ-कोर्नर: फोहोरबाट मोहर बनाइरहेका अजयमान र उनको हरित औद्योगिक यात्रा।

नेपाल सम्पत्ति शुद्धीकरणका लागि बाहिरिने मार्गचित्र: सगरमाथा मानक- डा. कृष्णहरि पुष्कर।

सूचना-प्रविधि: पोइन्ट इकोनोमीः अर्थतन्त्रमा सिर्जित नयाँ अवसर।

 स्थानीय अर्थतन्त्र: बरमझियाको पेडा ब्रान्डिङ: राजमार्गको एउटा पेडा कसरी बन्यो राष्ट्रिय ब्रान्ड?


साथमा,

  •  स्वास्थ्य बिमा: कोष बलियो, संरक्षण कमजोर
  • नयाँ उपकरणको तयारीमा धितोपत्र बोर्ड, जोखिम धान्न तयार छ बजार?
  • गिग अर्थतन्त्र: श्रमिक सुरक्षामा राज्यको दायित्व
  • पुँजीबजारमा डिजिटल सुरक्षा कवज

साथमा नियमित स्तम्भ र रिपोर्टहरू ।

 

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.