| Genre: | Business & Economics |
|---|---|
| Language: | Nepali |
| Published: | July 28, 2026 |
Paperback | |
| Weight: | 170 g |
टक्सार प्रिमियम म्यागजिन: २०८१ साउन अंक (वर्ष ६, अंक ४, पूर्णाङ्क-६३) का प्रमुख आकर्षणहरू:
कभर स्टोरी: कृषिजन्य निर्यात: सधैँको गैरभन्सार अवरोध; निर्यात बढेको देखिए पनि त्यो आन्तरिक उत्पादन क्षमता वा दिगो औद्योगिक आधारका कारण होइन। तेस्रो मुलुकबाट आयात गरिएका कच्चा पदार्थमा सामान्य मूल्य अभिवृद्धि र भारतको भन्सार नीतिमा निर्भर रहेर नेपाली निर्यात टिकेको देखिन्छ।
आवरण वार्ता: डा. राजेन्द्रप्रसाद मिश्र, सचिव, कृषि, वन तथा वातावरण मन्त्रालय: नेपालको कृषि प्रणालीगत सङ्क्रमणकालबाट अघि बढ्दै छ।
टक्सार-टक: सबै दृष्टिकोणले उत्कृष्ट क्षेत्र कृषि नै हो: पवन गोल्याण, अध्यक्ष, एग्रो एन्ड फरेस्ट्री लिमिटेड।
विचार - डा. देवेन्द्र गौचन: कृषिमा रूपान्तरण: आत्मनिर्भरबाट प्रतिस्पर्धी अर्थतन्त्रतर्फ: कृषि उत्पादन विस्तारका लागि बाँझो जमिनको उपयोग महत्वपूर्ण अवसर भए पनि नीतिगत र कानुनी जटिलताले यसको प्रभावकारी कार्यान्वयनमा अवरोध सिर्जना गरिरहेको छ।
विचार - केन शिमिजु: कृषि निर्यात प्रवर्द्धनमा भौगोलिक सङ्केत: नेपालका कतिपय उच्च मूल्यका कृषि उत्पादनहरू अन्तर्राष्ट्रिय बजार पुग्छन् तर त्यसको निश्चित भूगोल, भूभागको सम्बन्ध त्यसमा नसमेटिँदा, सामान्य रूपमा भन्नुपर्दा कच्चा पदार्थको रूपमा मात्र पुग्छन्। नेपाली कृषि निर्यातको मूल चुनौती यहीँबाट सुरु हुन्छ। हामीले बढी उत्पादन गर्नु जरुरी छ तर त्यति भन्दैमा पर्याप्त हुँदैन।
विश्व अर्थतन्त्र - डा. सदनकुमार वली: चीनको विश्वव्यापी शासन दृष्टिकोण: वैश्विक शासन सम्बन्धी पहललाई अगाडि बढाउनुका पछाडि चीनले अघि सारेका मुख्य पाँच सिद्धान्त हुन्, जसले हालको शासन प्रणालीलाई चुनौती दिएको छ अर्थात् वर्तमान व्यवस्थाबाट यी समस्याहरू समाधान हुन सकिरहेका छैनन्।
साथमा,