Taksar Vol. 6 Issue 3

टक्सार वर्ष ६, अङ्क ३: बजेट विपथन

E-magazine

Rs 150 Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: June 27, 2026

टक्सार प्रिमियम म्यागजिन: २०८३ असार अंकका प्रमुख आकर्षणहरू:

कभर स्टाेरीः बजेट विपथन;  बजेटको मूल मर्म सहरी मध्यम वर्ग र पुँजी बजारको पुनरुत्थानमार्फत आर्थिक सङ्कुचन हटाउने देखिन्छ। तर करको बोझ घटाउने नीतिले राजस्व सङ्कलन र तल्लो वर्गको सामाजिक सुरक्षामा असर पर्ने सम्भावना छ।

आवरण विश्लेषण - हरि रोका: आर्थिक लोकतन्त्र र बजेट: धन-सम्पत्तिको अत्यधिक केन्द्रीकरण, विऔद्योगिकीकरण र बढ्दो असमानताले लोकतान्त्रिक व्यवस्थालाई नै चुनौती दिइरहेका बेला राजनीतिक लोकतन्त्रलाई दिगो बनाउन आर्थिक लोकतन्त्र अपरिहार्य बन्दै गएको छ।

टक्सार-टक: जलविद्युत क्षेत्र अर्थतन्त्रको इन्जिन हो, इन्जिन सही गतिमा छ: सानो स्तरबाट सुरु भएको यो यात्रा अहिले देशलाई समृद्धिको बाटोमा लैजाने ऊर्जा क्षेत्रको रूपमा विकसित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष मोहनकुमार डाँगीसँगको टक्सार टक।

आवरण वार्ता: वर्षमान पुन, पूर्वअर्थमन्त्री: बजेटले तल्लो वर्गको कल्याण बिर्सेको छ: उच्च वर्गलाई नहेर्ने भनेको होइन। निम्न वर्गहरूलाई उठाउने कार्यक्रम ल्याएर यसलाई समन्यायिक र सामाजिक न्यायसहितको बनाउनुपर्छ।

कृषि-वातावरण - डा. उमेश आचार्य: एल निनोको धान खेती प्रणालीमा असर: हाल देशको ७५ प्रतिशत कृषियोग्य जमिनमा आकाशी पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएको स्थितिमा खडेरी लगायतका मौसमजन्य दुष्चक्र अवश्यम्भावी छ।

विचार - अर्जुनकुमार गौतम: वैकल्पिक विकास वित्त कोष: आवश्यकता का प्रयोग ?: सरकारी राजस्व, बैंकिङ क्षेत्रको ऋण, सीमित रूपमा भइरहेको निजी क्षेत्रको लगानी तथा परम्परागत वैदेशिक सहायता वा ऋणबाट मात्र यस्तो विशाल लगानी आवश्यकता पूरा गर्न सकिने अवस्था छैन।

बैंक - घट्दो थ्रेसहोल्ड र थुप्रिएको तरलताको सकस:

साथमा,

  •  बैंक - घट्दो थ्रेसहोल्ड र थुप्रिएको तरलताको सकस:
  • फिनटेकः एकीकृत हुँदै डिजिटल कारोबार
  • पुँजीबजारः प्रणाली कमजोर, प्रविधि डिजिटल
  • सार्वजनिक संस्थानः पुनर्संरचनाको पर्खाइ
  • महिला उद्यमः सौन्दर्य क्षेत्रमा उदाएकी निरम
  • संसदीय मञ्चः पर्यावरणीय कृषि अभियन्ता डा. तामाङको संसद यात्रा
  • आइटीः सूचना प्रविधि अर्थतन्त्रलाई बजेटको प्राथमिकता
  • ब्रान्ड-स्टोरीः एसियाको निर्माण गतिको साइलेन्ट इन्जिन इन्को
  • विपद-अर्थतन्त्रः खडेरीको अर्थसामाजिक सङ्कट
  • अर्थ-तथ्यः नेपालमा लेखापरीक्षण-केही अनुभूतिहरू

समेतका नियमित सामग्रीहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.