Taksar Vol. 6 Issue 2

टक्सार वर्ष ६, अङ्क २: अतासमा अर्थतन्त्रको इन्जिन

E-magazine

Rs 150 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: May 25, 2026

टक्सार प्रिमियम म्यागजिन: २०८३ जेठ अंकका प्रमुख आकर्षणहरू: 

  • अर्थतन्त्रको इन्जिनमा अन्योल
    बजारमुखी अर्थतन्त्रमा निजी क्षेत्रलाई 'अर्थतन्त्रको इन्जिन' मानिन्छ । तर, नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको यही निजी क्षेत्र यतिबेला इतिहासकै सबैभन्दा गम्भीर आत्मविश्वासको सङ्कटबाट गुज्रिरहेको छ ।
  • आवरण-विश्लेषण: कमलेसकुमार अग्रवाल- दीर्घकालीन सरकारी नीतिको पर्खाइमा निजी क्षेत्र 
    नेपाल चेम्बर अफ कमर्सले लामो समयदेखि उठाउँदै आएको एउटा स्पष्ट माग छ— 'सम्पत्तिको अभिलेखीकरण' । यदि राज्यले एक पटकका लागि सम्पत्ति अभिलेखीकरणको वैधानिक बाटो खोलिदिएको भए अर्थतन्त्रलाई पारदर्शी बनाउन र लगानीकर्तालाई ढुक्कसँग काम गर्ने वातावरण बनाउन धेरै सहज हुने थियो ।
  • आवरण-टिप्पणीः डा. चन्द्रमणि अधिकारी
    कर भनेको मानिसको आधारभूत आवश्यकता पूरा भएपछिको अतिरिक्त आयमा लाग्ने कुरा हो । न्यून आय भएका वा महँगीको मारमा परेका नागरिकबाट जथाभाबी कर काट्नु भनेको उसको मुखको गाँस खोस्नु सरह हो, जसले राज्यप्रति नै वितृष्णा पैदा गर्छ ।
  • टक्सार-टकः मध्यमवर्गीय जनताको उत्थान र डिजिटल पूर्वाधारमा साझेदारी- प्रवलजङ्ग पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ
  • रिपोर्ट - तामाकोशी-५ र बुढीगण्डकी: कमजोरी सच्याउने र उल्झन सुल्झाउने अवसर
    नेपालको ऊर्जा क्षेत्रका दुई महत्त्वपूर्ण आयोजनाहरूको नालीबेली! एकातिर चार दशकदेखि नीतिगत र व्यावहारिक उल्झनमा फसेको 'बुढीगण्डकी जलविद्युत् आयोजना' को कथा छ भने, अर्कोतिर 'तामाकोशी-५' मा देखिएका प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरूलाई सच्याएर अघि बढ्ने सुवर्ण अवसर छ ।
  • टिप्पणी - हरि रोकाः कृषिमा उपेक्षाका परिणति
  • ई-कमर्समा बहसः नियमनका चुनौती - उत्सव ढकाल 

    साथमा,
    • महासङ्घको गति र छवी सुधार्ने मौका
    • एन आइ सी एशियाः आक्रामक बैंकको 'सङ्कटयात्रा'
    • आयकर ऐन दफा ५७ को व्यूह
    • आईसिटी-डिस्कोर्सः नीतिगत प्रस्थानको खोजी
    • डिजिटल पूर्वाधारमा निजी क्षेत्रको साझेदारी - दिवस कुमार, सिइओ, फोन पे लिमिटेड 
Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.