Play - Bimokshya

Organized by Shilpee Theatre Group

Wednesday 17 Falgun - Saturday 18 Chaitra (Wednesday 01 March - Saturday 01 April)
Everyday 5:15pm, Saturday 1 pm additional show, Tuesday off
Gothale Natakghar, Battisputali

नाटक विमोक्ष
४५ वर्षे महिला र १९ वर्षे युवकबीचको अप्रत्यासित र रोमाञ्चक प्रेमकथा । अवरोध र अनुभूति । २५ वर्षपछिको पुनर्मिलन ।

Performance Date: 2079 Falgun 17 to Chaitra 18 (Everyday 5:15 pm, Saturday 1 pm additional show, Tuesday off)
Director: Prabin Khatiwada
Playwright: Ghimire Yubaraj
Organizer: Shilpee Theatre Group

Mar 29, 2023
17:15
Mar 30, 2023
17:15
Mar 31, 2023
17:15
Apr 01, 2023
13:00
Apr 01, 2023
17:15

नाटककारको बारेमा

घिमिरे युवराज २ दशकदेखि नाट्यकर्ममा व्यस्त छन् । उनले २०५६ सालमा नाचघरबाट १ वर्षे नाट्य प्रशिक्षण लिए । त्यसपछि आरोहण र आरोहण गुरुकुलमा गरि ७ वर्ष काम गरे । साथीहरूसँग मिलेर २०६४ सालमा शिल्पी थिएटरको स्थापना गरे ।

उनले (२०६६-२०६८) कोपनहेगन डेनमार्कबाट कमेडया देला स्कुलबाट रङ्गमञ्चमा स्नातक गरे। मुक्त मञ्च, बन्द रहमञ्च गरेर उनले २ दर्जन नाटक निर्देशन गरेका छन्। डेढ दर्जन नाटकमा अभिनय गरेका छन्। हाल उनी शिल्पी थिएटर नेपालका कला निर्देशक हुन् ।

रङ्ग पत्रकारिताबाट शुरू भएको हो उनको लेखन। यसअघि उनका रूपान्तरणका लागि रहमञ्च (इतिहास र समीक्षा) र आँधीको मनोरम नृत्य (नाटक) प्रकाशित छन्। रङ्गमञ्च सम्बन्धी आधा दर्जन पुस्तक सम्पादन गरेका छन् ।

निर्देशकको बारेमा

आरोहण गुरुकुलबाट शुरू भएको उनको पूर्णकालिक रङ्गमञ्चको यात्रा डेढ दशक नाघिसकेको छ । उनी अब्बल कलाकार हुन् । उनले दुई दर्जनभन्दा बढी उत्कृष्ट नाटकहरूमा अभिनय गरेका छन्। त्यसैगरि दुई दर्जन ठूलो पर्दाका चलचित्रमा अभिनय गरेका छन् ।

अभिनयमा झै प्रवीण नाटक निर्देशनमा पनि स्थापित छन्। उनले लगभग एक दर्जन नाटक निर्देशन गरेका छन्। मञ्च तथा प्रकाश परिकल्पनामा पनि उनको विशेष दक्षता छ ।

शिल्पीको भनाई

अनेकौ चुनौतिका बावजूद शिल्पी थिएटरले आफ्नो उद्देश्य अनुरूप निरन्तर रङ्गमञ्च अभ्यासमा लागेको १६ वर्ष पूरा भएछ ।

नेपालमा नाटक लेखन खकिएको पाटो हो । हामी बारम्बार लेखकहरूलाई नयाँ नाटक लेख्न आग्रह गरिरहेका छौं। नयाँ नेपाली नाटक मञ्चन गर्ने चाहनासँगै यस पटक पनि नयाँ नाट्य पाठ सहित आएका छौं। कशल नाटक निर्देशकलाई नाटक निर्देशनका लागि निम्ता गर्ने प्रक्रिया स्वरूप प्रवीण खतिवडासँग सहकार्य गर्दै छौ केही वर्षअघि प्रवीणले शिल्पीका लागि हेनरिक इब्सनको नाटक 'हेडा ग्याब्लर' निर्देशन गरेका थिए। विमोक्षका लेखक र निर्देशकसँग सहकर्म शिल्पीले सुखद पक्ष मानेको छ। आगामी दिनमा नयाँ-नयाँ सर्जकहरूसँग सहकार्य गर्दै जाने रहर छ।

- कुमार आले (अध्यक्ष)

मञ्चमा

मुमा हजुरः सगुना शाह, सहयोगी रस्मीदेवीः पवित्रा खड्का, दीप दर्नाल घिमिरे युवराज, कमल घिमिरे सागर खाती कामी, क्याप्टेन विश्वजंगः घनश्याम जोशी ( भिडियो पात्र) रिसेप्सनिष्टः सुनिता गाहा मगर (भिडियो पात्र) ।

आवरण चित्र: सचिन योगल श्रेष्ठ
प्रचार सामग्री डिजाइन: जीवन आले
मञ्च / प्रकाश परिकल्पनाः प्रवीण खतिवडा
मञ्च 3D डिजाइन: अरूण कार्की
भिडियो इडिटिङ: विकाश जोशी
संगीत संयोजनः अनुप तिमल्सिना, स्मारिका फुयाल, उत्सव बुढाथोकी
प्रकाश परिचालनः मानहाङ लावती
प्रोजेक्टर: झकेन्द्र वि.सि.
संगीत परिचालन: संगीता उराँव
मञ्च निर्माण: निराजन डोटेल
मञ्च चित्रकलाः कृपा खड्की
श्रृंगारः जानु आले
वेशभूषाः पवित्रा खड्का
लेखाः सौगात घिमिरे
बजार व्यवस्थापकः कुमार सिम्खडा
संयोजक: बसरी पाण्डे
संचार: दीप्ति श्रेष्ठ
प्रकाशन: मोहनप्रकाश
उत्पादन नियन्त्रकः कुमार आले
मञ्च सामग्री निर्माण: मानहाङ लावती, सुमित भण्डारी, गोविन्द ओली, रविन परियार, ज्याक बराल, हिमाल भुजेल, प्रेमचन्द पाण्डे, धनराज सुनार, सुनिता गाहा मगर, सुशीला लहार, अजय लामा, सन्तराम पासी
क्याफे / भान्सा : संजय शाही, कृष्ण खुलाल, पुनम उराँव
स्वयंसेवकः विजय नेपाल, फौदा श्रीवल
नाटककार: घिमिरे युवराज
परिकल्पना / निर्देशनः प्रवीण खतिवडा

Location Map

Gothale Natakghar, Battisputali
Location map for Play - Bimokshya