Zebra Cross
Zebra CrossZebra Cross

Zebra Cross

जेब्रा क्रस

Paperback
Rs 355Rs 395
Genre:Novels
Language: Nepali
Published:2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937708692
ISBN10:9937708699
Pages:245
Weight:200 g

पुस्तकको बारेमा

पुस्तकमा एकैसाथ नेपाली समाजको महिला पुरुषबीचको फरक, आर्थिक र सामाजिक विभेद र आधुनिक ममाजको कुरुपता देखाइएको छ। हाम्रो समाजमा समलिंगी समुदायलाई जिज्ञासा र रहस्यले भरिएको व्यक्तिका रूपमा लिइन्छ। यही समलिंगी पात्रलाई उपन्यासमा प्रमुख पात्रका रूपमा उभ्याइएको छ । समाज, राष्ट्र र परिवारबाटै अन्यायमा परेका समलिंगीहरूको हितमा लेखिएको यस उपन्यासले साहित्य जगत्मा नयाँ आयाम थपेको छ । 

मिथ्या हो, सृष्टिले मानिसमाथि समान न्याय गर्छ भन्ने भनाइ । कसैलाई बढी दिएर भार अनि कसैलाई नदिएर मार ! यो क्रुरतम र बर्बर अन्याय । झीरमा उनिएको मासुजस्तो जिन्दगी । मानिसलाई पिल्ल्याउन भुङ्ग्रो हैन, मनको ताप नै काफी छ । न हाँस्न सक्ने, न रुन मिल्ने । युवाका प्रेमिल बाह्य नजर दिग्भ्रमित हुनसक्ने यथार्थ । यस्तै मात्रले उपल्लो किनाराको जेब्राक्रस खोजेको रोमञ्जित कथा हो यो उपन्यास ।