Yatraka Indreni Rang
Yatraka Indreni RangYatraka Indreni Rang

Yatraka Indreni Rang

यात्राका इन्द्रेणी रङ

Paperback
Rs 235
Genre:Travelogue
Language : Nepali
Published: January 15, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937932639
ISBN10:9937932637

पछिल्लो बाहिरी पृष्ठबाट

यात्रालाई नियात्राकै रूपमा लेख्न सजिलो हुँदैन तर प्रदीप सापकोटाले यात्रालाई निजात्मक अनुभूतिसँग जोडेर सजिलोसँग व्यक्त गर्न सकेका छन् । उनको आकर्षक शैलीले गर्दा प्रत्येक पछिल्लो पङ्क्ति पढ्नलाई उत्साह जगाउन नियात्रा सफल छन् । पाठकलाई उत्सुक बनाएर आफूसँगै सहयात्रा गराउन सक्ने प्रदीपको नियात्राशक्ति यस कृतिको विशेषता बनेको छ। - श्रीओम श्रेष्ठ रोदन

प्रदीप सापकोटाको पहिलो नियात्राकृति प्रकाशन हुनु खुसीकै कुरा हो । उनका नियात्राहरूले पाठकलाई आफू घुमेका स्थानहरूमा सँगसँगै घुमाउन सक्षम छन् । कोरा विवरण मात्र नभएर उनी नियात्रामार्फत त्यहाँको सजीवतालाई टिपेर कलात्मकताका साथ पस्कन खप्पिस रहेछन् भन्ने कुरा उनको नियात्रासङ्ग्रह 'यात्राका इन्द्रेणी रङ'ले देखाएको छ । उनका यी नियात्राहरू सरल भईकन पाठकलाई त्यस ठाउँमा आफै घुमेजस्तो र पढिसकेपछि कहिले त्यस स्थानमा पुगौँ भन्ने कौतूहल भइरहने किसिमका छन् । प्रदीपको यो साहित्यिक यात्रा निरन्तर चलिरहोस्- शुभकामना । - छविरमण सिलवाल