Yatra Pretatma Sanga

Yatra Pretatma Sanga

यात्रा प्रेतात्मासँग

Paperback
Rs 350
Genre:Fiction, Religious & Spiritual Fiction, Novels
Language : Nepali
Published: July 09, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937332859
ISBN10:9937332850

पछिल्लो बाहिरी पृष्ठबाट

मैले धेरै घोत्लिएर, आत्मलीन भएर सोचें, मन्थन गरें र मलाई लाग्यो- यो विज्ञानलाई ठूलो चुनौती हो । भौतिकवादलाई चुनौती हो । मानिसहरु अक्सर भन्ने गर्छन्- 'यो दुई दिनको जिन्दगी हो, बाँचुजेल मोजमस्ती गर्नुपर्छ, मरेपछि डुमै राजा ।' नेपालीमा अर्को उक्ति पनि छ- 'जीउ छउञ्जेल ऋण काढेर भए पनि घिउ खानुपर्छ, मरेपछि के हो के हो ? अर्को जन्म कसले देखेको छ र !' यसको तात्पर्य हो, मानिसको मृत्युपश्चात् केही हुँदैन, उसको महत्व शून्यमा विलीन भई अस्तित्वविहीन भएर जान्छ, पूर्वजन्म, पुनर्जन्म कसले देखेको छ ? मानिस बाँचुञ्जेल सजीव हो, मरेपछि निर्जीवतुल्य हो, ढुङ्गामुढा जस्तै, जसको कुनै अस्तित्व रहन्न । तर यो कुरा यहाँ त्यस घटनाले स्पष्ट रुपले झूटो साबित गरिदिएको थियो । मृत्युपछिको उपस्थिति पनि यहाँ टड्कारो रुपमा देखिएको थियो । एउटा मृत व्यक्तिको आत्मा सजीवको आत्मालाई नियन्त्रणमा लिएर बोलिरहेको छ, त्यो पनि दोहोरो संवादसहित ।