Yamdutko Aatmasamarpan

Yamdutko Aatmasamarpan

यमदूतको आत्मसमर्पण

Paperback
Rs 325

पुस्तकको बारेमा

प्रतीक्षा नारी संवेदनालाई व्यक्त गर्न प्रवीण छिन् । उनले दिएका सामाजिक सन्दर्भहरू र युगीन यथार्थहरू अत्यन्त संवेदनशील छन् । आख्यानलाई कवितात्मक ध्वनि प्रदान गर्ने उनको प्रवृत्ति विलक्षण प्रकारको छ पुग नपुग चार दशक लामो आफ्नो कथा-यात्रामा उनले झन् झन् परिपक्वता हासिल गर्न सकेको कुरो यस पछिल्लो कथा-सङ्ग्रहमा सङकलित कथाहरूले प्रमाणित गर्दछन् । यस सङग्रहमा उनले आफू जन्मेको देशको दुर्नियतिलाई देखाउने क्रममा आज वैदेशिक रोजगारले उब्जाएका विसङ्गतिहरू, स्वार्थपूर्ण निम्नस्तरको राजनीतिले जन्माएका विसङ्गति र दश वर्षे द्वन्द्व (सं. २०५३-२०६३) का दुष्परिणामहरूको नतिजालाई निर्धक्कसँग चित्रण गरेकी छिन् । यति मात्र नभएर उनले कोरोना- कालमा देशमा भएको आतङ्कका साथै भ्रष्टाचारको समेत चित्रण गरेकी छिन्। नारीवाद उनको दृष्टिकोणको आधार बनेको छ र उनको लक्ष्य सामाजिक यथार्थ र विसङ्गत जीवनका परिणाम रहेको छ । यस पछिल्लो कथा- सङ्ग्रहमा उनले आफ्नो कथा-शिल्पमा एउटा अर्को आयाम समेटेकी छिन्, त्यो हो अन्योक्ति (Allegory) द्वारा विषयको मूललाई सम्प्रेषण गर्नु- ‘यमदूतको आत्मसमर्पण’ कथामा यस्तै अन्योक्तिको प्रयोग भएको छ । सङ्ग्रहित कथाहरू पढ्दा उनी नयाँ-नयाँ कथावस्तु उत्खनन् गर्न, पात्रहरूलाई जीवन्तता प्रदान गरी दृष्टिविन्दु गहन बनाउन र समग्र कथाको रूपविन्यास (Texture) लाई अझ आकर्षक बनाउन सक्षम भएको
पाइन्छ ।