White Cane's front cover

White Cane

ह्वाइट केन

Audiobook

Rs 150

Paperback

Rs 300 375

Delivery in 1-3 days

Genre:Novels
Language: Nepali

Audiobook

Narrators:Paras Nepal

About the Book

White Cane is the second novel by the writer Manisha Gauchan. The novel depicts life and struggle of a person blind by birth.

पछिल्लो बाहिरी पृष्ठबाट

कवितामार्फत साहित्यिक पाइला चालेकी मनिषा गौचनको पहिलो उपन्यास थियो- वल्लीको डायरी । महिला लेखकले निःसङ्कोच पुरुष वेश्यावृत्तिका बारेमा लेखेको त्यो उपन्यास प्रशंसित भयो पनि । नवीनतम उपन्यास ह्वाइट केनमा भने उनले एक जन्मजात दृष्टिविहीन पात्रको प्रेम र जीवन अनि सङ्घर्षलाई खोतलेकी छन् ।

उपन्यासमा हवाइट केन त उसको 'आइडेन्टिटी कार्ड जस्तो मात्र लाग्छ । उसको जीवनमा एकपछि अर्की महिला असली ह्वाइट केन बनेर आएका छन् । वाकिङ स्टिक जस्तै चम्किलो छ उसको व्यक्तित्व । ह्वाइट केन उसको मुक्त जीवनको चिहन भएको छ । स्वतन्त्र, स्वावलम्बी र सक्षम यो पात्रले दृष्टिविहीनप्रतिको सामाजिक दृष्टिकोणमा प्रश्न उठाएको छ ।

उपन्यासमा मनिषाले शिष्ट भाषामा नारी र पुरुषका बहुआयामिक सम्बन्धको परख गरेकी छन् । गद्य साहित्यमा उनले आफैलाई लिएको एउटा परीक्षा पनि हो- ह्वाइट केन । भिजुअल इफेक्टबिनै पनि उपन्यास लेख्ने साहस उनले गरेकी छन् । यो उपन्यास आद्योपान्त पठनीय र रूचिकर छ ।

All editions
9789937872140
Paperback, 1st Edition
ISBN13: 9789937872140
Sangri-La Books, 2013