Welcome
WelcomeWelcome

Welcome

Aroh Avaroh

वेलकम: आरोह अवरोह

Paperback
Rs 600
Genre:Autobiography
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937957656
ISBN10:9937957656

पछिल्लो बाहिरी पृष्ठबाट

दुईपल्ट मृत्युको मुख देखिसकेका निर्मलराज पौडेलको जीवन त्यसपछि के भयो ? किताब पढ्दा थाहा हुन्छ । हरेक जीवनका घटनाले अर्को मान्छेलाई बाँच्ने प्रेरणा दिन्छ । त्यसैले पनि आफनो जीवन लेखेर समाजलाई बाँड्नु पुनीत कार्य हो ।

निर्मलराज पौडेल यो पुनीत कार्यको लहरमा पङ्क्तिबद्ध हुनुभयो । भित्तामा टाँसेको फोटोभन्दा किताबमा टाँसेको फोटो हराउँदैन । मनमा भएको कहानी कसले पढ्न सक्छ र ? किताबमा आएको कहानीले मान्छेलाई उथुलपुथल बनाउँछ ।

कमल ढकाल अध्यक्ष

घोस्ट राइटिङ नेपाल लेखनकुञ्ज

कहिलेकाहीँ म आफैँलाई प्रश्न गर्न खोज्छु । नयाँ गर्न खोजिरहने म के हुँ ? मेरो प्रतिभा के मा बढी मुखर छ ? म तबलावादक हुँ कि प्यारोडी गायक ? हास्यकलाकार हुँ कि व्यापारी ? मेरो आयआर्जनको बाटो पनि त्यस्तै चौतर्फी फर्केको छ । कुनै बेला गार्मेन्ट व्यवसायी, कुनै बेला फेन्सी व्यवसायी, कुनै बेला जग्गा कारोबारी, कुनै बेला सवारी साधन व्यवसायी, फेरि सहकारी सञ्चालक, फेरि सामाजिक अभियन्ता । यसो हेर्दा म धेरैथोक नै हुँ । तर मैले धेरै अगाडिदेखि सुरु गरेको र कहिल्यै नछाडेको व्यवसाय भने विज्ञापन व्यवसाय नै हो ।

निर्मलराज पौडेल