Vaidik Samyawaadh
Vaidik SamyawaadhVaidik Samyawaadh

Vaidik Samyawaadh

Yogi Narharinath: Isai Samrajyawaad Birudha Markarsawaad

वैदिक साम्यवाद: योगी नरहरिनाथ: ईसाई साम्राज्यवाद विरुद्ध मार्क्सवाद

Paperback
Rs 450
Genre:Religion & Spirituality, Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937942454
ISBN10:9937942454

पुस्तकको बारेमा

वैदिक साम्यवाद
योगी नरहरिनाथ
ईसाई साम्राज्यवाद विरुद्ध मार्क्सवाद
संकलन/सम्पादन/लेखन
अर्जुन ज्ञवाली/पेशलकुमार निरौला

 

पछिल्लो बाहिरी पृष्ठबाट

मानसरोवरका पञ्च कैलाशबाट हाम्रो राष्ट्रिय संस्कृतिः- हाम्रा कैलाशकूट भवनहरु कैलाशबाट बनेका हुन् । मूल कैलाशको ऊर्ध्वार्ध भाग लिएर राष्ट्रिय टोपी बनेको हो । मूल कैलाशकै मध्यार्ध भाग लिएर राष्ट्रमुकुट बनेको हो । शिवनिवास यसै मूल कैलाशबाट सरयू (कर्णाली) को हिममुभ्र-जलप्रवाहको प्रतीक कल्की बनेको हो । कैलाशका पूर्वरेखाहरु राजपट्ट बनेका हुन् । पञ्च कैलाशकै लघुप्रतीक पाँचवटा चाँद बनेका हुन् । पूर्वकैलाशमाथि प्रकृत्या बनेको शोणत्रिकोणयुगल सूर्य-चन्द्र-पथ गगनचुम्बी हुनाले सूर्य-चन्द्राङ्कित राष्ट्रध्वज (राष्ट्रिय झण्डा) बनेको हो ।

शिक्षा नीतिमा विदेशी प्रभाव छ । नञाँ शिक्षा लागू भएपछि केही समय त वैरागिएर योगीजी भारतका आश्रमहरुमा गएर बस्नुभयो । पूर्वीय दर्शन र चिन्तन माथिको चौबाटोमा घोषित अघोषित तरिकाबाट रातो बत्ती बालिँदै छ । भूमण्डलीकरण र पूँजीवादको हौवा पनि वैदिक सनातनी हिन्दु परम्पराको अन्त्येष्टि गर्न लागी परेका छन् । आफ्नै धर्तीका द्रव्यपिसाचहरु दह्रोसँग नै लागी रहेछन् ।

क्राइष्टाब्द (ई.स.) ७५६ देखि १८७० सम्म मध्य इटालीको रोमन् क्याथोलिक हत्यारो पोपको मुट्ठीमा थियो । महान भौतिकशास्त्री खगोलविद् ग्यालिलियोले करोडौं जनताको रक्तकुण्ड रोमन क्याथोलिक चर्चको मध्ययुगिन चिन्तनलाई वैज्ञानिक विचारद्वारा उल्ट्याइदिए । कार्लमार्क्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दै वर्गसंघर्षको नारा दिएर अपराधी पोपहरूको शासनविरुद्ध वर्गसंघर्षको आँधिवेहरी नै ल्याए ।