Ulto Ghar
Ulto GharUlto Ghar

Ulto Ghar

उल्टो घार

Paperback
Rs 400
Genre:Poetry, Drama & Literature
Language : Nepali
Published: 2023
Paperback
Origin:Nepal
ISBN13:9789937705967
ISBN10:9937705967

पछिल्लो बाहिरी पृष्ठबाट

आर.बी. निश्चल "अज्ञात सत्यका झिल्काहरु टिप्तै र जोड्दै सुन्दर कविता रच्न सिद्धहस्त बनिसके । उनी मेरा एक ज्ञानी विद्यार्थी हुन, जसले साहित्यको अमरपथ पक्रे । जहाँ धेरै दुःख, कष्ट, हताशा, विचलन आउँछन् तर थोरै आशा जोगाउन नित्य संघर्षको बाटो रोज्नुपर्छ । कविताको सत्य भनेको कोइलाखानीको हीरा निकाल्नुजस्तै हो । त्यसैले १९५२ का नोबेल लरेट अर्नेस्ट हेमिन्वेले भनेका छन्- द क्राउन अफ लिटरेचर इज पोएट्रि ।" किनभने कविताको प्रकाशले नै बिस्तारै समाजका असत्य र अन्धकार चिर्दै लान्छ । निश्चलको यो संग्रह केही दर्शन, केही चिन्तन र धेरै चिन्ताले निर्मित एक प्रशंसनीय कला हो। हार्दिक बधाइ ।

प्रा.डा. गोविन्दराज भट्टराई

आर. बी. निश्चल पछिल्लो समयका मानवता, स्वतन्त्रता, समानता र सिमान्तीय चेतनाका कविता लेख्ने कवि हुन् । उनका कवितामा जीवनका यथार्थ भोगाइ र अनुभूति, विद्रोह चेतना तथा आध्यात्मिकता र दार्शनिकता सबैभन्दा बढी पाइन्छ ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतम