प्रस्तुत उपन्यासमा दुःख, चिन्ता, शोक, भय, भ्रम, तनाव, गम्भिरता आदिले गर्दा मनमा अशान्ति हुने अवस्था अर्थात विह्वलवादलाई मध्ये नजर गरी नव जोडीको रसकेलीको रुपमा सामाजिक यथार्थपरक घटनाक्रमलाई लिएर मनोरञ्जन दर्शाएको छ । मुख्यतः प्रेम जोडीमा हने माया, ममता, चाहना, आकाङ्क्षा, उत्साह र भावनात्मक उच्छललाई यौवनावस्थामा प्रस्तुत हुने आत्मीय कथालाई प्रस्फुट गर्न खोजेको छु । जुन सम्बन्धलाई एक अर्काप्रति सद्भाव, मान-सम्मान र ईज्जतलाई ख्याल गरी उक्त सम्बन्धमा तृष्णा, त्याग र योगदानलाई ताजा र जीवित राख्न लामो समयसम्म हरेक अवस्थामा पनि एक आपसमा पूर्ण आशा, भरोसा र सहयोग हुनु पर्दछ भन्ने कुरालाई प्रदर्शन गरेको छ । प्रेम सम्बन्ध प्रगाढ बनाउन अपनाउनु पर्ने धैर्यता, सकारात्मक सोच, आपसी सहयोग, एक अर्काप्रति सम्झदारी, समर्पण, कर्तव्य र जिम्मेवारी बोध गराउनु नै यस उपन्यासको मूल मर्म रहेको छ ।
Mobile Apps
Contact