Transit
TransitTransit

Transit

ट्रान्जिट

E-book
Rs 175
Paperback
Rs 315Rs 350
Genre:Novels
Language: Nepali
Published:November 2020
Edition:1st
Paperback
Pages:204
Dimensions:5.12 x 7.87 inches

पछिल्लो बाहिरी पृष्ठबाट

मैले लेखक चकेन्द्र राईलाई कतारमा भेटेको हुँ । उनी उनन्पचास डिग्रीको तापक्रममा पग्लेनन् । बरू लेखनमा फक्रिने मौका पाए । कठिन श्रममा फसेका बेला आफ्नो कस्तूरी पत्ता लगाउन खाडीबाट उम्किए । र, 'ट्रान्जिट' ल्याए ।
यस उपन्यास श्रम र दुःखको जोडघटाउ मात्रै होइन, वैदेशिक रोजगारीबाट बदलिँदै गएको सामाजिक सम्बन्धमाथि उनिएको एउटा कथा पनि हो । कर्मभूमि (प्रवास) मै ज्यादा समय बित्न थाल्दा जन्मभूमि ट्रान्जिट बन्दै गइरहेको बदलिँदो तस्बिर खिचिएको छ यसमा । वैदेशिक रोजगारीका विषयमाथि लेखिएका अन्य साहित्यका तुलनामा 'ट्रान्जिट' को कथा फरक छ, जुन प्रवासमा नयाँ पुस्ताले भोगिरहेको छ ।
- होम कार्की, पत्रकार


नेपाली आख्यानाकाशमा थपिँदै गरेको अर्को तारा हो- 'ट्रान्जिट' । वैदेशिक रोजगारीको पृष्ठभूमिमा लेखिएको सरल र बोध्य 'ट्रान्जिट' को सबल पक्ष भनेको कथाको सुखान्त हुनु हो । वैदेशिक रोजगारीको अपरिहार्यतासँगै उब्जिएका सबै प्रेम र सम्बन्धले पैसा र क्षणिक स्वार्थ मात्रै हेर्दैनन् भन्ने सकारात्मक दृष्टान्त प्रस्तुत गर्न सफल 'ट्रान्जिट' ले पाठकको मनमा राज गर्न सक्नेछ ।
- दीप्स शाह, लेखक


परदेशमा गरिने भयानक सङ्घर्ष र दुःख रेमिटान्स पठाउनेहरूको साझा गवाही हुन् । तथापि वैदेशिक रोजगारी बहुसङ्ख्यक नेपाली युवाको ट्रान्जिट बनेको छ, आफूले सोचेको सुनौलो गन्तव्यमा पुग्नका लागि । रेमिटान्सले ल्याएको तीव्र आर्थिक र सामाजिक परिवर्तनसँगै लाखौँ मार्मिक तथा रोचक कथा पनि सृष्टि भैरहेका छन्, जसले रेमिट साहित्यको दायरालाई फराकिलो पार्दै लगेका छन् । कतार र इजरायलमा काम गर्ने नेपालीहरूको भोगाइलाई सुन्दर ढङ्गले लिपिबद्ध गरेर चकेन्द्र राई एक सशक्त आख्यानकारका रूपमा उदाएका छन् ।
- श्याम सिङ्घक, आख्यानकार