Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

त्यो रगतको खोलो के का लागि थियो ? कसैलाई थाहा भएन । हामीले हात गुमायौं । खुट्टा गुमायौं । आँखा गुमायौं । धेरैले जीवन नै गुमाए तर कस्का लागि गुमायौं पत्तै भएन । गुमाएर के पायौँ ? त्यो पनि मेसो भएन । एउटा भाइले अर्को भाइको टाउको ताकेर गोली ठोकियो त्यतिबेला मेरो रत्तिभर हात काँपेन तर आज त्यो युद्ध स्मरणमा दुई शब्द कोर्दा थरथर हात काँप्दैछ । म त राष्ट्रिय नायक बनिसकेको रहेछु । त्यो बेला बहादुरीकासाथ लडेर युद्धलाई जीतमा बदलेको भन्दै 'नेपाली तारा' सम्मान दिइयो मलाई । एक बहादुर सैनिकलाई दिइने त्यो अतिनै सम्माननीय सम्मान थाप्दा मेरो मनले आँफैलाई सम्मान गर्न सकेन । जीत के लाई अर्थ्याइन्थ्यो मैले आजसम्म पनि खासै बुझ्न सकिन ।

All Editions

9789937173896
Paperback
ISBN13: 9789937173896
Deepak Sapkota, 2024