Talchaa
TalchaaTalchaa

Talchaa

ताल्चा

Paperback
Rs 350
Genre:Assertiveness, Motivation & Self-esteem, Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937705660
ISBN10:9937705665

पुस्तकको बारेमा

दिलिप बान्तावा दूरदराजका शालीन मानिसहरूको कथा भन्न रुचाउँछन् । ती मानिसहरू जो व्यवस्था, समय र परिस्थितिले कज्याएर शालीन बन्न बाध्य भएकाहरू हुन्, बनाइएका हुन् । नेपाली समाजको सीमान्तमा यस्ता शालीन मानिसहरू धेर छन् । राज्यविहीन अवस्थाबाट गुज्रिएकाहरू अथवा राज्यबाट पाउनुपर्ने सबै प्रकारका न्यायबाट बेखबर उनीहरू विगतमा राज्यकै रक्तपातपूर्ण दमन भोगेका मानिसहरू हुन् । उनीहरूमा पराजित मनोविज्ञान हाबी छ । तब उनीहरू प्रतिशोध साँध्दैनन्, शान्त जीवन रुचाउँछन् । बरू दुःखलाई स्वीकार गर्छन् । उनीहरूको जीवनमा ठट्टा, हँसिमजाक शून्यप्रायः छ । उनीहरू नीरस लयकै जीवन बाँच्छन् । जीवन र जगत्लाई बुझ्ने उनीहरूको आफ्नै पारा छ । नियतिलाई स्विकार गर्दै जिउनुपर्ने उनीहरूको जीवनका निरन्तर दुःखहरूले हायलकायल नै गराउँछ । 'ताल्चा' तिनै शालीन मानिसहरूको कथा सङ्ग्रह हो । नीरस लयभित्र भोगिएका जीवनहरूको सम्पूर्णताबाट विद्रोह कहने शैली यो कृतिको खास स्वाद हो ।