टक्सार प्रिमियम म्यागजिन: २०८३ जेठ अंकका प्रमुख आकर्षणहरू:
अर्थतन्त्रको इन्जिनमा अन्योल बजारमुखी अर्थतन्त्रमा निजी क्षेत्रलाई 'अर्थतन्त्रको इन्जिन' मानिन्छ । तर, नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको यही निजी क्षेत्र यतिबेला इतिहासकै सबैभन्दा गम्भीर आत्मविश्वासको सङ्कटबाट गुज्रिरहेको छ ।
आवरण-विश्लेषण: कमलेसकुमार अग्रवाल- दीर्घकालीन सरकारी नीतिको पर्खाइमा निजी क्षेत्र नेपाल चेम्बर अफ कमर्सले लामो समयदेखि उठाउँदै आएको एउटा स्पष्ट माग छ— 'सम्पत्तिको अभिलेखीकरण' । यदि राज्यले एक पटकका लागि सम्पत्ति अभिलेखीकरणको वैधानिक बाटो खोलिदिएको भए अर्थतन्त्रलाई पारदर्शी बनाउन र लगानीकर्तालाई ढुक्कसँग काम गर्ने वातावरण बनाउन धेरै सहज हुने थियो ।
आवरण-टिप्पणीः डा. चन्द्रमणि अधिकारी कर भनेको मानिसको आधारभूत आवश्यकता पूरा भएपछिको अतिरिक्त आयमा लाग्ने कुरा हो । न्यून आय भएका वा महँगीको मारमा परेका नागरिकबाट जथाभाबी कर काट्नु भनेको उसको मुखको गाँस खोस्नु सरह हो, जसले राज्यप्रति नै वितृष्णा पैदा गर्छ ।
टक्सार-टकः मध्यमवर्गीय जनताको उत्थान र डिजिटल पूर्वाधारमा साझेदारी- प्रवलजङ्ग पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ
रिपोर्ट - तामाकोशी-५ र बुढीगण्डकी: कमजोरी सच्याउने र उल्झन सुल्झाउने अवसर नेपालको ऊर्जा क्षेत्रका दुई महत्त्वपूर्ण आयोजनाहरूको नालीबेली! एकातिर चार दशकदेखि नीतिगत र व्यावहारिक उल्झनमा फसेको 'बुढीगण्डकी जलविद्युत् आयोजना' को कथा छ भने, अर्कोतिर 'तामाकोशी-५' मा देखिएका प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरूलाई सच्याएर अघि बढ्ने सुवर्ण अवसर छ ।
टिप्पणी - हरि रोकाः कृषिमा उपेक्षाका परिणति
ई-कमर्समा बहसः नियमनका चुनौती - उत्सव ढकाल
साथमा,
महासङ्घको गति र छवी सुधार्ने मौका
एन आइ सी एशियाः आक्रामक बैंकको 'सङ्कटयात्रा'
आयकर ऐन दफा ५७ को व्यूह
आईसिटी-डिस्कोर्सः नीतिगत प्रस्थानको खोजी
डिजिटल पूर्वाधारमा निजी क्षेत्रको साझेदारी - दिवस कुमार, सिइओ, फोन पे लिमिटेड
Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.