टक्सार प्रिमियम म्यागजिन: २०८३ वैशाख अंकका प्रमुख आकर्षणहरू:
- गेट-रिसेट-गाेः बालेन सरकारको प्रस्थान्तरण: रास्वपा सरकारले नेपालमै पहिलो पटक ल्याएको 'आर्थिक बडापत्र' को अवधारणाले आर्थिक क्षेत्रमा स्थायित्व र सुधारलाई केन्द्रमा राखेको छ। दुई तिहाइ नजिकको बहुमतको रास्वपा सरकारले लिएको आर्थिक नीति र दृष्टिकोण के हो? कसरी अघि बढ्दै छ सरकार?
- आवरण विश्लेषण - वर्षमान पुन: पपुलिजमकाे छाँयामा उत्तरदायित्वको परीक्षण रोजगारी, सुशासन, सेवा प्रवाहमा सुधार, आर्थिक अवसरलाई स्पष्ट रूपमा उठाउनु प्रतिपक्ष र सत्ताापक्ष दुवैको जिम्मेवारी हो। प्रतिपक्षको भूमिका विशेष गरी सरकारलाई खबरदारी गर्ने, कमजोरी औंल्याउने र वैकल्पिक सोच प्रस्तुत गर्नेमा केन्द्रित हुनुपर्छ तर केवल विरोधका लागि विरोध होइन,रचनात्मक आलोचना नै प्रभावकारी हुन्छ।
- आवरण विश्लेषण - हरि रोकाः आर्थिक विकासको गुञ्जाइस विगत ४० वर्षमा चीन र पूर्वी एसियाले विश्वलाई नै स्तब्ध पार्दै आफूलाई 'उत्पादनको केन्द्र' र 'वैश्विक महाबजार'मा रूपान्तरण गरे । तिनीहरूको यो चामत्कारिक छलाङबाट नेपालले सिक्नुपर्ने पाठ ।
- टक्सार-टक: सरकारको प्राथमिकताले ऊर्जा क्षेत्र थप ऊर्जावान बन्दैछः स्वतन्त्र ऊर्जा उत्पादकहरूका अध्यक्ष गणेश कार्कीसँगको टक्सार टक
- आवरण वार्ता: डा. गुणाकर भट्ट, उपाध्यक्ष राष्ट्रिय योजना आयोगः अब योजना आयोगले थिङ्कट्याङ्कका रूपमा काम गर्नेछ । सरकारको दिशा र नीतिगत प्रस्थानबारे योजना आयोगले लिने रणनीति के हुनेछ?
- रिपोर्ट - गोरखा ब्रुअरीको क्रस होल्डिङ सेयरमा कसरी नियामक झुक्याइँदै छ? कर प्रणालीको लुपहोल्समा कसरी चलखेल हुँदैछ? अर्बौंको कर अब कसको दायित्वमा? खास खुलासा
- रिपोर्ट -पश्चिम एसिया प्रभावः नेपालको अर्थतन्त्र अडस्फीतिको चरणमा
साथमा,
■ सार्वजनिक ऋणः क्षमताभन्दा बढी ऋण लिने ?
■ डिजिटल सुशासनको परिवेशमा इन्टरनेट उद्योगको सङ्कट
■ विनिमय दर परिवर्तनः ‘सक’ सँगै अवसर
■ पुँजीबजारमा डिजिटल सुरक्षा कवज