Sushee ko Diary
Sushee ko DiarySushee ko Diary

Sushee ko Diary

सुशीको डायरी

This book is currently not available to purchase.

About the Book

Sushee Ko Diary, a potent mix of a platonic relationship, romantic love, sufferings, and struggles in the relationship of Sushee and Sudhir rivets and meanders over a span of 25 years of their lives, apart from each other as well as together. The book is also a travelogue that covers America, India, and Nepal’s fascinating and beautiful places: the mountains, national parks, and the captivating oceans along with emotionally laden ups and downs of human relationship flowing like a river with the twist and turns of love, empathy along with betrayals and pains. It is a constant reminder of the beauty of nature and charming actors. Youthful, vibrant, and energetic, it oozes out the passions and the pain they endure in their relationships

पछिल्लो बाहिरी पृष्ठबाट

उनी पूर्णिमामा उभिएकी एक अप्सराजस्ती देखिन्छिन् । झलमल्ल उज्यालो भएको छ चारैतिर | म ट्वाल्ल परेर हेर्छ - सौन्दर्यको यो अद्भुत नमुना । प्रकृतिले बनाएको ज्यामितीय समानुपातको एक नमुना छिन् उनी । म त्यो सोह्र वर्षकी कलिली केटीलाई सम्झन्छु – उज्यालो, हँसिलो, पूर्णिमाको उज्यालो छर्ने ती चञ्चल आँखाहरु । फेरिफेरि फर्किरहने ती मुस्कान । म भुतुक्क हुन्छु । जिस्क्याउँछु - आज न्युयोर्क भुतुक्क हुनेछ तिम्रो सुन्दरताले । 

यो अनुच्छेद सुशीको डायरी नामक उपन्यासका हो । र, यो उपन्यास लेखेका हुन् लामो समय अमेरिका बसेर फर्केका अरूण शर्माले । उनी निकै पुराना लेखक हुन् । इन्जिनियरिङ्, कानून र म्यानेज्मेन्ट अध्ययन गरेका उनी नेपालकै पहिलो माइक्रोचिप बनाउने इन्जिनियर पनि हुन् । उनको कथासङ्ग्रह कालो रात' र 'एक पर्यवेक्षक तथा उपन्यास 'मिसिगन ब्लुज' र कन्चनजङ्गा प्रकाशित छन् । २०३० को दशकमा नै एक सक्षम युवा आख्यानकारका रूपमा स्थापित भइसकेका अरूण शर्माका कृतिमा प्रकृति र मानवीय भावनाको बडो रोमाञ्चक चित्रण गरिएको हुन्छ । र, यो उपन्यास सुशीको डायरीमा पनि उनले यही लय समातेका छन् । यो उपन्यास युवाहरूका लागि हो । युवाका मनोभावलाई लेखकले खुब गरिराइमा पुगेर समातेका छन् । र, यसले युवाको मन स्वाट्टै तान्ने छ । उपन्यास पूर्व पश्चिम दुवैतिर घुमेको छ, अमेरिका र नेपाल | यहाँ अमेरिकी जीवन र अन्यत्रको जीवन दाँजेर हेरेका पनि छन् लेखकले । 

मलाई सन्चै छ । धेरै नै रमाइलो भएको थियो तिम्रो अमेरिकामा । कति सुख छ त्यहाँ । म त सुविधाहरु देखेर जिल्ल परेकी थिएँ । बाटोघाटो, पसल, बजारहरु आदि । भौतिक सुखको विचार गर्दा कति सजिलो रहेछ त्यहाँ त ! अचम्म लाग्यो- भौतिक कुरालाई छाम्न सकिन्छ – हातमा राख्न सकिन्छ र समात्न सकिन्छ । त्यसो हुनाले कति वास्तविक लाग्छ- ती कुराहरु- ती वस्तुहरु । यो पनि बुझ्न सकिन्छ – किन समस्त संसार अमेरिकीकरणमा लागेको छ । हाम्रा त धेरै सङ्घर्ष छन् यहाँ – पानी, भोक, स्कुल, स्वास्थ्य । बाँच्नलाई पनि प्रशस्त सङ्घर्ष छ । आर्थिक सहयोग, सबै कुराको खाँचो छ यहाँ । तर आत्मसन्तुष्टि जीवनको एक ठूलो रहस्य हो । त्यो सबैलाई चाहिन्छ जीवनका लागि आफैले बनाएका केही उद्देश्यहरु । त्यसबारे राम्ररी विचार गर्ने, सुधीर ।

र, अन्ततः उनका यस अघिका उपन्यास जस्तै निक्र्योलमा पुग्छ, भौतारिनु, बरालिनु, गलत मानिसको संगतमा पर्नु र बाटो बिराउनु पनि जीवनको खोज हो । पछुताएर रोकिनु आवश्यक छैन, यी सबैको पनि कारण र महत्त्व हुन्छ जीवनमा । दुखमा होस् या सुखमा जीवनलाई रोक्नु हुँदैन, रोके सड्छ । बग्न दिइरहनु पर्छ, बगे सङ्ग्लिन्छ । यस्तै आवाज बुलन्द गरेको छ उपन्यास 'सुशीको डायरीले पनि ।

- पुण्यप्रसाद प्रसाई