Smriti Bimba

Smriti Bimba

स्मृति बिम्ब

Paperback
Rs 480
Genre:Memoirs, Non-fiction
Language: Nepali
Published:May 29, 2022

पुस्तकको बारेमा

भारतीय नेपाली साहित्यकारहरूको लेख, रचना र कविताहरू पछिल्लो समयमा साझा प्रकाशन, नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुने कविता, निवन्ध, समालोचना र कथा संग्रहहरूमा कहिँ पाँउदैनौं । ईश्वर बराल, भैरव अर्याल, चूडामणि बन्धु, कृष्णचन्द्रसिंह प्रधानले सम्पादन गरेका झ्यालबाट, हिमालचुलि, साझा निबन्ध, साझा कथा, साझा कविता, साझा समालोचनामा भारतीय नेपाली साहित्यकारहरूको लेख रचना र कविताहरूले यथेष्ट स्थान पाउन सके पनि त्यस पछिका संग्रहहरूमा उनीहरुको उपस्थिति शून्य प्रायः भयो । यसरी नेपाली साहित्यबाट भारतीय नेपाली साहित्य किनाराकृत हुँदा सिङ्गो नेपाली साहित्य नै अपाङ्ग भएको अनुभुति हुनु स्वभाविक हो । कतिपय भारतीय साहित्यकारहरू भारतबाट प्रकाशित हुने संग्रहहरूमा अटाउन सकिरहेका छैनन् । उनीहरू विस्मृत भइरहेको विषय निकै चिन्ताजनक छ । यही कुरालाई मध्यनजर राख्दै भारतीय नेपाली साहित्यलाई योगदान दिएका 'स्मृति बिम्ब' स्रष्टाहरूलाई विना पूर्वाग्रह  यस पुस्तकमा समावेश गरिएको छ।