Sikkaka Duvai Pata

Sikkaka Duvai Pata

सिक्काका दुवै पाटा

E-book
Rs 200
Genre:Literature/Essays
Language: Nepali
Published:December 18, 2022
Edition:1st

पुस्तकको बारेमा

डा. नवराज सुब्बाद्वारा लिखित ‘सिक्काका दुवै पाटा’ भित्र ज्ञान र विज्ञानलाई यदि सिक्का मान्‍ने हो भने तिनका दुवै पाटा फर्काएर हेर्ने प्रयास यसभित्र भएको छ ।  इतिहास, संस्कृति, समाजशास्त्र, मनोविज्ञानका सन्दर्भहरू तथ्यपरक ढंगले पर्गेल्ने काम गरिएको छ । पुस्तकभित्रका २९ लेखमध्ये केही संस्मरणात्मक लेख रहेका छन् जसले पाठकलाई नेपाली बाल मनोविज्ञान र अतीतको झल्को दिनेछ ।

स्वैरकल्पना नभएर वस्तुगत तथ्यहरूमा आधारित साहित्यका चित्ताकर्षक नमूना यसभित्र पाइन्छन् । अध्ययन अनुसन्धानको परिवेशलाई सर्वसाधरण पाठकको विषय बनाइएको छ । यहाँ आग्रह पूर्वाग्रह नराखीकन गरिएका वस्तुगत विवेचना पाइन्छन् । 

हामीले देखेका, सुनेका वा भोगेका तर विचार नगरिएका थुप्रै सवाललाई लेखकले उजागर मात्र नगरेर आलोचनात्मक पाटो देखाइदिएका छन् । यहाँ एकातिर वर्तमान नेपाली जीवनको सूक्ष्मतम् अवलोकन गरिएको छ भने अर्कातिर भविश्यको दिशा पहिल्याउने काम समेत् भएको छ ।

समग्रमा, जीवन र जगतलाई आलोचनात्मक नजरले बुझ्‍ने पाठक तथा अध्ययनकर्तालाई यो पुस्तक सहयोगी छ ।