Shasan Pranali
Shasan PranaliShasan Pranali

Shasan Pranali

Bahas ra Abyas

शासन प्रणाली: बहस र अभ्यास

Paperback
Rs 895
Genre:Non-fiction
Language : Nepali
Paperback
Pages:464
Weight:723 g

पछिल्लो बाहिरी पृष्ठबाट

प्रकाश दाहाल सार्वजनिक प्रशासन, विकास र व्यवस्थापनका क्षेत्रमा चीर परिचित नाम हो । विगत डेढ दशक भन्दा बढी अवधिदेखि निजामती सेवामा आवद्ध रहनु भएका दाहालले उल्लिखित विषयहरूमा निरन्तर कलम चलाउँदै आउनु भएको छ । हाल सहसचिव पदमा कार्यरत दाहालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य, जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ भने जापानको इन्स्टिच्युट अफ डिभलपिङ् इकोनमिज् एड्भान्स स्कूलबाट डिभलपमेन्ट स्टडिजमा पोष्टग्रयाजुएट डिप्लोमा र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गर्नु भएको छ।

शासन प्रणालीका सैद्धान्तिक एवं व्यवहारिक दुवै पक्षको उचित संयोजन रहेको यस पुस्तकमा लेखकले मूलत: राज्य र शासनका विविध पक्षहरू, संविधान तथा कानून निर्माण प्रक्रिया, सार्वजनिक सेवाको व्यवस्थापन र योजना तथा स्रोत व्यवस्थापन जस्ता विषयहरूमा हाल विश्वव्यापी रूपमा भइरहेको बहस र अभ्यासको सुक्ष्म विश्लेषण गर्दै सोको आधारमा आफ्नो में लिक एवं आलोचनात्मक दृष्टिकोण प्रस्तुत गर्नु भएको छ। - प्रकाशक