Sharepur

Sharepur

सेयरपुर

Paperback
Rs 500
Genre:Non-fiction
Language : Nepali
Published: June 08, 2023

पुस्तकको बारेमा

कानुनमा स्नातक र पत्रकारितामा स्नातकोत्तर गर्नुभएका नारायण सापकोटा अहिले नेपाल र अमेरिकाको सेयर बजारका लगानीकर्ता हुनुहुन्छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष सापकोटाले हिमालय टाइम्स दैनिकबाट आर्थिक बिटमा पत्रकारिता सुरू गर्नुभएको हो । राजधानी, नयाँ पत्रिका, नेपाल एफएम, इमेज च्यानल र नागरिक दैनिक लगायतका मिडियामा गरी १५ वर्षभन्दा बढी राजनीतिक र आर्थिक बिट केन्द्रित भएर पत्रकारिता गर्नुभएका सापकोटा अहिले अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्नुहुन्छ । काभ्रे, कुशादेवीमा जन्मनुभएका सापकोटाको यो पहिलो उपन्यास हो । सेयर बजारसम्बन्धी उहाँका लेख र बहस पढ्न, हेर्न र सुन्न पाइन्छ । उपन्यासका रूपमा आएको ‘सेयरपुर’ नेपाली लगानीकर्ताको एउटा कथा हो । पत्रकारितासँगै सापकोटाले वि.सं. २०६० देखि नै नेपालको सेयर बजारमा लगानी गर्न थाल्नुभएको थियो । अहिले अमेरिकी सेयर बजारमा पनि उहाँको लगानी छ । लगानीकर्ताले बजारमा लगानी गर्दा पार गर्नुपर्ने चरण र भोग्नुपर्ने संघर्षले उपन्यासलाई पठनीय बनाएको छ।