Seto Dharti's front cover

Seto Dharti

सेतो धरती
Seto Dharti's front coverSeto Dharti's back cover

E-book

Rs 275

Paperback

Rs 650

Delivery in 1-3 days

पुस्तकको बारेमा

आफ्नो पहिलो आख्यान पानीको घामका लागि पद्मश्री सम्मान प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास सेतो धरती एक बालविधवाको दर्दनाक कथा हो । यसमा मुख्य पात्र ‘तारा’ ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छन् । नेपालमा ठूलो भुइँचालो आएको वर्ष ‘नब्बे साल’ बाट आरम्भ भएको उपन्यास भुइँचालोभै सुरू भएर भुइँचालोभै अन्त्य हुन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी ‘तारा’ का जीवनका विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापूर्ण कथा जोडिएर आउँछ । आञ्चलिकतासँगै सुन्दर भाषामा लेखिएको सेतो धरती २०६८ को मदन पुरस्कार प्राप्त कृति हो - Goodreads

पछिल्लो बाहिरी पृष्ठबाट

उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झैं चित्रण गरिएको छ; विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ ।
जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ । बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथा पनि छन् । आँसुले लेखिए झैं लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन् ।

All Editions

9789937790086
Paperback, 1st Edition
ISBN13: 9789937790086
FinePrint, 2012
Hardcover, 1st Edition
FinePrint, 2012

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review