Satyam Shivam Sundaram

Satyam Shivam Sundaram

सत्यम् शिवम् सुन्दरम्

Hardcover
Rs 1125Rs 1250
Genre:Art
Language: Nepali
Published:September 12, 2021
Edition:1st

Hardcover

Pages:104

पुस्तकको बारेमा

सत्यम् शिवम् सुन्दरम्को वास्तविक अर्थ चिन्तनमा सत्य, कर्ममा शिवत्व र प्रत्यक्षमा सौन्दर्यको तत्त्वबोध हो। सत्यम, ईश्वर परम सत्य हो, शाश्वत, अविनाशी छ। समयको धूलो सत्यमा चढ्दैन । सत्य सत्य रहन्छ। शिवम्को अर्थ उदार, शुभ, पवित्र हो। जसले शान्ति, खुशी, आनन्द र सबैलाई माया दिन्छ। सुन्दरम् – शिव सुन्दर छन्, जो साँचो र शुभ छ, त्यही सुन्दर छ। यही सिद्धान्तको प्रयोग गरी सत्कर्ममा लाग्नसके जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने सन्देश पनि यस पुस्तकले दिएको छ ।

पुस्तकमा पौराणिक कथाको महत्त्व र धार्मिक ग्रन्थहरूको विस्तृतरूपमा वर्णन गरिएको छ । देवीदेवताको उत्पत्ति, शक्ति स्वरूप, गुण आदि घटनालाई साररूपमा शब्द र चित्रद्वारा रचिएको छ। यस पुस्तकमा चित्र सहित कथासङग्रहको उपयुक्त वर्णन गरिएको छ ।

प्रत्येक शीर्षकमा शीर्षकसँग सम्बन्धित घटनाक्रमको चित्र देखाइएको छ र प्रत्येक चित्रको तल क्यानभासमा तयार पारिएको चित्रको आकार समेत उल्लेख गरिएको छ । चित्र एक्रिलिक कलरबाट तयार पारिएको छ ।