Sanaiya
SanaiyaSanaiya

Sanaiya

सनैया: मरूभूमिमा जीवन खोज्नेहरुलाई पछ्याउँदै

Paperback
Rs 486 Rs 540
Genre:Stories
Language: Nepali
Published:March 29, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937088398
ISBN10:9937088399
Pages:380

पछिल्लो बाहिरी पृष्ठबाट

उराठ चल्ने उजाड मरूभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरू छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन । अरबले संसारलाई देखाइरहेको वैभवमा यी मानिसहरूको श्रम गारोमा इँटाजसरी बसेको छ, जो बाहिरबाट हेर्दा देखिंदैन तर संरचनाको भार उसैले बोकेको हुन्छ । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका यिनको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । 

सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका तिनै मानिसहरूको कथा हो, सनैया । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो, सनैया । एउटा सिंगो पुस्ताले भोगेको अपमान र अत्यासको विरह, जसमा नेपालको अर्थतन्त्र टिकेको छ, देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा हो सनैया । जसले अरबका चोक चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेको जीवनको कथा पनि हो, सनैया ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode