Sambandha

Sambandha

सम्बन्ध

Paperback
Rs 595
Genre:Fiction
Language : Nepali
Paperback
Weight:0.3 g

पुस्तकको बारेमा

मूल पात्र रमेश र उसकी प्रेमिका रुचिमा घुमेको यस उपन्यासको विषयवस्तु मूलतः सामाजिक हो, तर बौद्ध धर्मको शान्ति र सम्यक् चरित्रलाई पनि यसले उच्च सम्मान दिएको छ । जीवनमा महाभूकम्पदेखि दैविक तथा मानवीय प्रताडनाको शिकार भएको उपन्यासको नायक रमेश वास्तवमा नेपाली समाजको आम नागरिकको प्रतिनिधि हो । आर्थिक रूपले सामान्यतः मध्यम वर्गको प्रतिनिधित्व गर्ने यो पात्र कहिले धनाढ्य पनि देखिन्छ भने कहिले निर्धन पनि बन्न पुग्छ । गोजीमा दाम हुँदा शहरका पाँचतारे होटेलमा पुगेर मस्ती गर्ने यस पात्रलाई कुनै समय संसारसँगै विरक्ति जाग्छ र बौद्ध धर्मअनुसार गेरु वस्त्र धारण गरेर भिक्षुको जीवन स्वीकार गर्न पुग्छ ।