Samaya Samjhana
Samaya SamjhanaSamaya Samjhana

Samaya Samjhana

समय सम्झना: जीवनको बाँसुरीमा बजेका धुनहरु

Paperback
Currently not available.
Contact us for further queries.
Hardcover
Rs 449Rs 499
Genre:Biography
Language: Nepali
Published:October 12, 2021
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937090018
ISBN10:9937090016
Pages:350

पुस्तकको बारेमा

थी कृष्णनारायण सिंह थापाको कुटनीतिक कार्य क्षमता र उहाँले अँगाल्नुभएको भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको नीतिले उहाँको निष्कलड्ढ छविलाई अझ निखार प्रदान गर्न सफल भएको ठान्दछु ।
नेपाली सेनामा कार्यरत रहँदा र अवकाश पश्चात विभिन्न भूमिका निर्वाह गर्दा उहाँले व्यहोर्नु भएको विभिन्न समस्या र सफलताका लागि गरेका प्रयासहरुबाट निकै धेरै पाठहरु सिक्न र व्यवहारमा उतार्न पाठकहरुलाई मद्दत गर्ने आशा लिएको छु । मुलुकको रक्षा, सुरक्षा क्षेत्र साथै जीवन उपयोगी रणनीतिहरु सम्बन्धमा जानकारी लिन चाहनुहुने सबैका लागि यो पुस्तक उपयोगी हुने विश्वास लिएको छु ।

महारथी धर्मपाल वरसिंह थापा (अ.प्रा.)
पूर्व प्रधान सेनापति

पछिल्लो बाहिरी पृष्ठबाट

खेलका लागि खेल भनेजस्तो, पूर्णरूपमा खुशी भएर खेल्न सकिने हुँदा म स्पोर्टसका अरू खेलहरूमा पहिलेदेखि नै रूचि भए पनि अहिले आएर गल्फसँगको प्रेम अचम्मको छ, बिशेष छ । हारजितको परवाह छैन, जालझेल गर्ने कुरै भएन, बडो आनन्दीमनले रमाएर खेल्छु । यहाँ र अहिले बाँचिरहेको आभाष हुन्छ, सायद त्यही प्रतितीले होला उमेर असी उक्लेर पनि उही ताजापन लिएर हप्ताको तीन-चार पटक अठार होल गल्फ निरन्तर खेलिरहेको छु । वर्तमानमा बाँच्न सक्ने कलाको निमित्त गल्फ त्यही सुहाउँदो खेल भएको छ र म रमाइरहेको छु ।