समकालीन नेपाली कवितामा मूल स्वर बनेर आएको पहिचान (जातीय पहिचान, लैङ्गिक पहिचान र क्षेत्रीय पहिचान)को पक्षमा केन्द्रित भएर तयार पारिएको याे कृति ज्ञानु अधिकारीको अनुसन्धानात्मक पुस्तक हो।
समकालीन नेपाली कवितामा देखापरेका विविध विषय र स्वरमध्ये पहिचानको स्वर पनि एउटा हो । यसभित्र जातीय, क्षेत्रीय, लैङ्गिक, वर्गीय आदि स्वर पर्दछन् ।यी स्वरहरू समकालीन नेपाली कवितामा केकस्तो रूपमा प्रकट भएका छन् भन्ने कुरालाई यस कृतिमा विश्लेषण गरिएको छ । यस क्रममा पहिचानसम्बन्धी सैद्धान्तिक अवधारणाको चर्चाका साथ विश्लेषणका आधारहरु निर्माण गरी समालोचक अधिकारीले समकालीन नेपाली कविताको विश्लेषण गर्नुभएकाले यो कृति एउटा महत्त्वपूर्ण अनुसन्धानात्मक कृति बनेको छ ।