Samajvad ra Samriddhi
Samajvad ra SamriddhiSamajvad ra Samriddhi

Samajvad ra Samriddhi

समाजवाद र समृद्धि

Paperback
Rs 315Rs 350
Genre:Philosophy
Language: Nepali
Published:December 30, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705523
ISBN10:9937705525

पछिल्लो बाहिरी पृष्ठबाट

इतिहासको समीचीन अध्येता शास्त्रीय राजनीतिक विश्लेषणमा उत्तिकै सशक्त हुन्छ भन्ने गतिलो उदाहरण हुन् प्रा.डा. गणेश क्षत्री । समाजमा आफूलाई एक्लै विद्वान् बनाउनेहरूको चिन्तनको घेरा र ज्ञान बाँढ्ने सामर्थ्यमा 'गाइड' आवश्यक पर्छ तर क्षत्रीको विद्वता सहजै बग्छ सर्वसाधारण जनताका मन र मुटुमा ।

संविधानतः हामी अहिले समाजवादोन्मुख राजनीतिक र आर्थिक व्यवस्थामा छौं तर के समाजवाद, कस्तो समाजवाद, कसरी समाजवाद, किन समाजवाद ? अर्थ आफ्नै छन्, पहिचान र परिभाषा भिन्नाभिन्नै देखिन्छन् । 'समाजवादले समृद्धि ल्याउँछ कि समृद्धिले समाजवादसँग जोड्छ', कल्पनमा उड्न सहज छ तर देश विकास र जनजीविकाको सवालको सुई उल्टो घुमिरहेछ । नेताका भाषण र सामाजिक यथार्थ कतै जोडिंदैन, किन ? किनभने न हामीले सैद्धान्तिक यथार्थमा ध्यान दियौं, न त व्यवहारिकताको बाटो बनायौ । न हामी कुनै चिन्तनमा बाँधियो, न त सामाजिक चिन्ताबाट मुक्त हुन सक्यौ । क्षत्रीको समृद्धि र समाजवाद यसै यथार्थ धरालतमा टेकेर हामीलाई डोर्र्याउन सफल छ ।

समाजवादका व्याख्या धेरै पढिए, समृद्धिका भाषण उत्तिकै सुनिए तर समाजसँग समृद्धि जोड्ने कडी कतै भेटिएन र सामाजिक यथार्थभन्दा पर रहेका हामी नेपालीको यही चिन्तन र व्यवहारले भेटिने पनि छैन । समाजवादी चिन्तनका अनेक पक्षलाई शास्त्रीयताका क्लिष्ट परिभाषाबाट मुक्त गरी सरल भाषा, सहज प्रस्तुति र आकर्षक शैलीमा सोधारण सर्वसाधारण पाठकहरूमा प्रत्यारोपण गर्ने समृद्धि र समाजवाद सबैका लागि पठनीय र संग्रहणीय छ ।