Samajashastriy rajanitik Gyanakosh's front cover

Samajashastriy rajanitik Gyanakosh

समाजशास्त्रीय राजनीतिक ज्ञानकोश
Samajashastriy rajanitik Gyanakosh's front coverSamajashastriy rajanitik Gyanakosh's back cover

Paperback

Rs 1500

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

प्रा.डा. गणेशप्रसाद क्षेत्री
जन्म : साउन १७, २००६
विद्यावारिधि : समाजशास्त्र / मानवशास्त्र स्नातकोत्तर : इतिहास, संस्कृति, पुरातत्त्व
स्नातक कानुन
प्राध्यापन
जीवनका ४० वर्ष
प्रकाशित कृति : समाजवाद र समृद्धि (२०७८), ओझेलका यथार्थहरू (२०७६). भारतको नेपाल नीति (२०७५) मान्छेभित्रको मान्छे (कविता, २०७३), समाजशास्त्र / मानवशास्त्रका प्रमुख सिद्धान्त (२०६२), समाजशास्त्र / मानवशास्त्रको परिचय (२०६१), नेपालको इतिहास (२०६०), पर्यटन विकास र व्यवस्थापन (२०५७). नेपालको कला, वास्तुकला र मूर्तिकला (२०५६), हिन्दु समाज र धर्म (२०५४), नेपाल शान्ति क्षेत्र प्रस्ताव (२०४०), युरोपको इतिहास (२०३८), नेपाल परिचय (२०३५) । विभिन्न जर्नलमा इतिहास, संस्कृति, पुरातत्त्व, समाजशास्त्र, मानवशास्त्र, पर्यटन आदि क्षेत्रमा २० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित ।
समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, कूटनीति, कानुन, शिक्षा, साहित्य, इतिहास, संस्कृति, पुरातत्त्वका समीचीन अध्येता प्राडा गणेशप्रसाद क्षेत्री (१७ साउन, २००६) शास्त्रीय सिद्धान्त र विश्लेषणका पर्याय हुन् । उनको कलमले यसअगि दर्जनभन्दा बढी ग्रन्थ पाठकलाई दिइसकेको छ ।
स्रष्टा, अध्येता, अनुसन्धाता, ज्ञाता, विश्लेषक प्राडा क्षेत्रीको विद्वत्ता र चिन्तन निकै फराकिलो छ । जीवनका दिव्य ४० वर्ष प्राध्यापनमा रमाएका क्षेत्रीको व्यावसायिक ऐना हो 'ज्ञानकोश' । विद्वान्हरूको बृहत् समूह आवश्यक ठानिने यस्तो गम्भीर कृति एक्लै तयार गर्ने प्राडा क्षेत्रीको मेहनत विस्तारित ज्ञानको प्रमाण हो !
समाजशास्त्रीय-मानवशास्त्रीय राजनीतिक विषयवस्तुमा केन्द्रित भए पनि प्रस्तुत ज्ञानकोश लोक सेवाका परीक्षार्थी, अध्येता, अध्यापक, शोधार्थी र सर्वसाधारण सबैका लागि उपयोगी छ । मानव, मानवीय क्रियाकलाप एवं तिनको आपसी अन्तरक्रियाबाट विकास भएको समाज र त्यही समाज सञ्चालन गर्ने मानवीय गतिविधि, प्रक्रिया र पद्धति राजनीतिशास्त्रका विविध अवधारण समेटेकाले यसले समाजमा हुने सबै प्रकारका गतिविधिसँग सामीप्य राख्छ ।
 

All Editions

9789937766135
Paperback
ISBN13: 9789937766135
Sampurn Kitab

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review