Sakshi

Sakshi

साक्षी

Paperback
Rs 135Rs 150
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937827928
ISBN10:9937827922
Pages:92

पछिल्लो बाहिरी पृष्ठबाट

नारायण श्रेष्ठ युद्ध मैदानमा प्रवेश गरेर शन्तिको बिगुल फुक्ने कवि हुन् । वर्षभरि नै चैत मौलाइरहेको देख्छन् उनी आफ्ना रचनामा । निर्दोष आँसुसँग खुसी साट्न खोज्छन् उनी हरेक मनसँग । उनी समस्यैसमस्याका बग्रेल्ती भीडहरु देख्छन् प्लेटोनिक अन्धकार हुँदै भूमण्डलीकरण, उत्तरआधुनिक जालोसम्म । कालो दशकको पहाड चढी टारमा गएर सुसेला हाल्न खोज्छन् उनी । लाग्छ, उनी आफै घेराबन्दीमा परेका छन् सामाजिक यात्रामा । उद्देश्य एउटा मात्रै छ उनको- सुन्दर समयको ढोकाभित्र प्रवेश गर्ने । टाढाको मायाले भित्र-बाहिर सबैतिर चुकुल लाएको भए पनि हृदयबाटै शान्तिको गीत गाउने र गाउन लगाउने कवि हुन् श्रेष्ठ ।

ढोका
लेखिएनन् कहिल्यै खर्पनका निदालहरूमा संस्कारको नयाँ रेखा
गरिएनन् उत्खनन आदिम लिपिहरूको
मर्तिको वेदी र ट्रॅडालको छातीमा
औंलाको छाप पोतिएको छ -
पुरानु ढोकाको कब्जाहरूमा
प्रवेशद्वारमा उभिएको छु म
एउटा सुन्दर समयको कल्पना छ यो ढोकाभित्र ...