Safalata
SafalataSafalata

Safalata

ke kina kasari ?

सफलता: के किन कसरी ?

E-book
Rs 270
Paperback
Rs 450
Genre:Advice On Careers & Achieving Success
Language: Nepali
Published:July 31, 2022
Paperback
Weight:245 g

पछिल्लो बाहिरी पृष्ठबाट

काठमाडौंस्थित ओमबहाल टोलमा जन्मनुभएका यस पुस्तकका लेखक डा. सुदर्शन भक्त माथेमा पेसाले कृषि अर्थशास्त्री हुनुहुन्छ । उच्च शिक्षामा उहाँले अस्ट्रेलियाको क्यानबरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट कृषि विकास अर्थशास्त्रमा स्नातकोत्तर डिग्री र फिलिपिन्सको लस बानसस्थित युनिभर्सिटी अफ द फिलिपिन्सबाट कृषि अर्थशास्त्रमा विद्यावारिधि डिग्री हासिल गर्नुभयो । वि.सं. २०२५ मा कृषि प्रसार विभागअन्तर्गत कृषि प्रसार अधिकृतको पदमा सरकारी सेवा प्रवेश गर्नुभई विभिन्न जिल्ला र पदहरूमा रहेर २२ वर्षको सेवापछि उपसचिवको पदमा छंदा उहाँ निवृत्त हुनुभयो । कामको सिलसिलामा उहाँले नेपालका ५२ जिल्लाहरूमा भ्रमण गर्नुभएको छ । उच्च शिक्षा पूरा गर्न र सम्मेलन, गोष्ठी आदिमा भागलिन उहाँले २५ देशहरूको भ्रमण गर्नुभएको छ । सरकारी सेवाबाट निवृत्त हुनुभएपछि डा. माथेमाले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाहरुका लागि परामर्शदाताको रूपमा काम गर्नुभयो । डा. माथेमाको मूलतः कृषि क्षेत्रसम्बन्धी पुस्तक, प्रतिवेदन र लेखहरु प्रकाशित भएका छन् । साहित्य क्षेत्रतर्फ वि.सं. २०७७ माघ महिनामा मैले बुझेको जीवन' शीर्षकमा उहाँको एउटा छन्द कविता सङ्ग्रह पुस्तक प्रकाशित भएको छ ।

सफल बन्न को चाहँदैन ? जो-कोहीले पनि जीवनमा सफल बन्ने कोशिश गरेको हुन्छ । तर बहुसङ्ख्यक मानिस जीवनमा सोचे/खोजेजस्तो हुँदो रहेनछ भन्ने गुनासो गर्छन् । यसो हुनुका कारण थुप्रै हुन सक्छन् । यस पुस्तकमा लेखकले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न अपनाउनुपर्ने महत्त्वपूर्ण विषयवस्तुहरूलाई सरल भाषामा प्रस्तुत गर्नुभएको छ । सफलता प्राप्त गर्न इच्छुक जो-कोहीको लागि पनि यो पुस्तक उपयोगी हुने छ ।

  • कुनै पनि मानिस आफ्नो निर्धारित लक्ष्य अनुसार अथक परिश्रम र प्रयास नगर्ने तर भाग्यलाई मात्र दोष दिएर सफल बन्न सक्दैन ।
  • सफलताको लागि मानिसमा हुनुपर्ने मुख्य गुणहरु हुन्- आत्मविश्वास, इच्छाशक्ति, सकारात्मक सोच, कडा परिश्रम र लगनशीलता ।
  • सफलताको लागि सही निर्णय लिने खुबीमा विकास र सक्षमता मानिसमा हुन जरूरी छ । सही निर्णय लिने तरिकाको छनौट गर्न अपरिहार्य हुन्छ ।
  • धनी व्यक्तिहरूले सफलता प्राप्त गर्न कस्ता पेसा व्यवसाय रोजे, कति कडा परिश्रम गरे भन्ने जानकारी पाउन उनीहरुको जीवनीबारे अध्ययन गर्न जरूरी छ ।
  • महान् व्यक्तिहरूले बोलेका, लेखेका केही महत्त्वपूर्ण उद्धरणहरूबारे सोच-विचार पुयाउँदा सफलताको लागि ठूलो प्रेरणा मिल्छ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode