Genre: | Story for Children |
---|---|
Language: | Nepali |
Published: | July 08, 2022 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937737272 |
ISBN10: | 9937737273 |
‘रातो घेरो’ बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको नेपाली भाषामा अनुवाद गरिएको बालचित्र पुस्तक हो।
ख्यातिप्राप्त लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।
वासिम काकाले पार्किङमा रातो रङ लगाउने कुरा सुनेको अभिषको जिज्ञासाबाट सुरु भएको कथामा विशेषगरी बाल यौन दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयलाई जोड दिइएको छ ।
रातो घेराले निषेधको संकेत गरेको अर्थमा आफ्नो शरीरलाई पनि रातो घेराभित्र रहेको बुझ्नुपर्ने आमाले अभिषलाई सम्झाउँछिन् । शरीरमा अरुले छुनै नहुने गोप्य अंगहरु पनि छन् भनेर बुझाएपछि अभिषमा थप जिज्ञासा बढ्छ । कसैले दुर्व्यवहारको कोसिस गरे कसरी जोगिने ? कस्तो प्रतिक्रिया दिने ? कसलाई सुनाउने ? यस्तै प्रश्नहरूको जिज्ञासा मेटाउने पुस्तकले अभिभावकलाई पनि सचेत गराउँछ ।
Mobile Apps
Contact