Ramro Rachana Mitho Nepali
Ramro Rachana Mitho NepaliRamro Rachana Mitho Nepali

Ramro Rachana Mitho Nepali

राम्रो रचना मीठो नेपाली

Paperback
Rs 545
Genre:Literature
Language: Nepali
Published:May 08, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937948814
ISBN10:9937948819

पुस्तकको बारेमा

राम्रो रचना, मीठो नेपाली’ साहित्यकार कृष्णप्रसाद पराजुलीद्वारा लिखित एक प्रसिद्ध पुस्तक हो । भाषा, व्याकरण र राम्रो लेखन सम्बन्धी यो पुस्तक प्रकाशनको धेरै वर्ष पछि पनि उत्तिकै लोकप्रिय छ । लेखनशैली परिष्कृत गर्न र भाषामा सुधार ल्याउन धेरै स्रस्टा पाे किताब पछ्रयाउने गर्छन् । यो पुस्तक नेपालमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये एउटा हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

पुस्तकमा नेपाली भाषाको विश्लेषण गरी यसका अध्येतालाई नेपाली भाषामा शुद्ध रचना कसरी प्रस्तुत गर्ने तथा राम्रो नेपाली कसरी लेख्ने, सो सिकाउने सुन्दर प्रयास गरिएको छ ।
सूर्यविक्रम ज्ञवाली
नेपाली लेखक हुनेले जति नै पाका उनी किन नहुन् सधैं नै नेपाली लेख्न सिकिरहनुपर्छ । सिक्नलाई पढिरहनुपर्ने हुन्छ पराजुलीलगायतलाई । उनीहरूका लेखाइमा हामी उनीहरूका नेपाली भाषाप्रतिका माया, भक्ति र निरीक्षा पढ्छौ“ । यस्तै एक पाठ्यपुस्तक मान्छौं,  पराजुलीलाई ।
इन्द्रबहादुर राई  
रचनाका क्षेत्रमा अहिलेसम्म निस्केका सबै रचनाभन्दा राम्रो रचना मीठो नेपाली सफल देखा पर्दछ, पूर्ण देखा पर्दछ र वैविध्यले भरिपूणर् देखा पर्दछ ।
बालकृष्ण पोखरेल
म केवल एक पुस्तक सम्झन्छु  कृष्णप्रसाद पराजुलीको  ‘राम्रो रचना मीठो नेपाली’  । त्यसको सरलता र स्पष्टता, स्वयम् राम्रो भाषाको उदाहरण हो । लेख्नेहरूलाई सधैं भन्छु,  ‘राम्रो रचना मीठो नेपाली’  एकपल्ट अध्ययन गर्नुहोस् ।
डा० गोविन्दराज भट्टराई
यही ‘राम्रो रचना मीठो नेपाली’ मेरा लागि गीता बन्यो, गीत बन्यो । भाषिक सुधार मात्र हैन साहित्यिक अनुवांशिक अवयवहरू नै शरीरका कोषिकाहरूमा हुल्दिएजस्तो भयो ।
डा० सुशील ताम्राकार (एसएलसी टपर)