Delivery in 1-3 days
तीन वर्ष पनि बित्न नपाउँदै ६ वटा कृति लगातार प्रकाशन गर्ने मनहरि खडका मनोहरजीको जाँगर र प्रतिभाको जति प्रशंसा गरे पनि कमै हुन्छ । जीवनको उर्जाशील समय राष्ट्रसेवामा समर्पण गरेर अवकासपछि उमेरको उत्तरार्धमा आफूभित्र दबिएर बसेको साहित्यिक प्रज्ञालाई एकाएक प्रकाशमा ल्याउँदै कहिल्यै अवकाश हुनुनपर्ने मार्गमा उहाँ यात्रारत हुनुहुन्छ । प्रौढ अवस्थाको प्रेमको मनोविज्ञानमा आधारित रहर उपन्यासको विषय चलनचल्तीका उपन्यासभन्दा भिन्न र रोचक छ । प्रा.डा. गोविन्दराज भट्टराईको विचार अनुसार यो कृति एक सफल लघु उपन्यासमा गणनायोग्य छ ।
Your review helps others make informed decisions
Click on a star to start your review