Prithivi ko Aavishkar

Prithivi ko Aavishkar

पृथ्वीको आविष्कार

Paperback
Rs 269Rs 299
Genre:Poetry
Language: Nepali
Published:November 04, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734288
ISBN10:9937734282
Weight:140 g

पुस्तकको बारेमा

कवितामा नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरुको मार्मिक प्रस्तुति रहेको छ । यसमा ‘बोजूको खोकी’, ‘नयाँ ईश्वर’, ‘जिग्री लुङा’, ‘खतरनाक मान्छे’, ‘लालमाया धिमालको मुस्कान’, ‘बाहुन बाजेको सम्झना’, ‘पृथ्वीको आविष्कार’, ‘रक्सी नपिएको साँझ’, ‘काँसे डबका’, ‘फूलकुमार चोक’सहित ३७ वटा कविता संग्रहित छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

मैदान र पहाड, दुवैसँग नजिक तर तीभन्दा भिन्न साँस्कृतिक मनोविज्ञानको उपस्थिति हो सुन्दरका कविताको सौन्दर्यशक्ति । यस सङ्ग्रहका कवितामा विचार मैदानमै पर परसम्म फैलिन खोज्छ, बेलाबेला नोष्टाल्जियाको झोडामा हराउँछ पनि, तर झोडा छिचोलेर फेरि समकालीन चेतनासँगै जोडिन्छ ।
अग्ला-होचा चुलाचुलीका उकाली-ओराली, घुम्ती-नागबेली बाटा उनका कविताको शिल्प पक्ष भयो । सत्ताइत्तर रैथाने विम्ब, सांस्कृतिक प्रतीक र मीथ अनि आफ्नै घुयानको भाषा टिपेर विराट विश्वदृष्टिकोणसहित कवितालाई कलात्मक उचाइ दिने कवि हुन् उनी ।
पृथ्वीको आविष्कार हामी पृथ्वीवासी त्यसमा पनि सत्ताभन्दा पर छ जो, सीमान्तकृत छ, अस्तित्वका निम्ति सङ्घर्षरत छ, ती मानिसलाई एक इमानदार कविले कत्ति चोखो भावनाका साथ टक्राएको उपहार हो ।
- स्वप्निल स्मृति