Prem,Parampara ra Bidroha

प्रेम, परम्परा र विद्रोह
by Katyayani, Translated by Bandana Dhakal

Paperback

Rs 325

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

प्रेम, प्रेम सम्बन्ध र विवाहसँग गाँसिएका अनेकौं आयामबारे सङ्क्षिप्त र सारगर्भित रुपमा प्रकाश पार्नु यस पुस्तिकाको विशेषता हो । के साँच्चैको प्रेमका लागि सम्पत्ति सम्बन्ध र त्यससम्बन्धी मानसिकताबाट मुक्त हुनैपर्ने हो ? पुँजीवादी समाजका प्रेमजोडीहरू किन वास्तविक प्रेम नगरेर प्रेमको मिथ्याभासमै रमाइरहेका हुन्छन् ? किन हाम्रोजस्तो सामाजिक व्यवस्थामा युवाले प्रेम गर्ने आधारभूत स्वतन्त्रतासम्म पनि व्यवहारमा पाउँदैनन् ? अनि, स्वयम् प्रेम भनेकै के हो ? के यो शारीरिक-भावनात्मक यौन आकर्षण मात्र हो ? कि यसमा अन्य कुरा पनि सामेल हुन्छन् ? यी र यस्ता अनेकौं विषयमा अभिरुचि राख्ने पाठकका लागि यो पुस्तिका वास्तवमै लाभदायी छ।

आजभन्दा दशबाह्र वर्षअघि यस पुस्तिकाकी रचनाकार साहित्यकार तथा कम्युनिस्ट राजनीतिक अभियन्ता, कमरेड कात्यायनीले आफ्ना समग्र कृतिको एक सेट उपहार दिंदा मैले यो पुस्तिका पढेको थिएँ र यसलाई अनुवाद गर्ने सोच बनाएको थिएँ । मैले सोच मात्र बनाएँ, लेखक वन्दना ढकालले त यसलाई कार्यरूप नै दिइन् । यसका लागि उनलाई अनेकौं साधुवाद र बधाई छ ।

All Editions

9789937965903
Paperback
ISBN13: 9789937965903
Bela Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review