Patalka Manchheharu

Patalka Manchheharu

पातालका मान्छेहरू

Paperback
Rs 360Rs 400
Genre:Travelogue
Language: Nepali
Published:April 14, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937720182
ISBN10:9937720184
Pages:300

पुस्तकको बारेमा

विभिन्न अनलाईन मिडिया तथा छापा पत्रिकाहरुमा निरन्तर आफ्ना नियात्राहरु लिएर आईरहने नियात्राकार बिनोद खड्काको पुस्तकाकारमा निक्लिएको यो दोश्रो नियात्रा संग्रह हो । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिक वडा नं १ दुवाकोटका स्थायी बासिन्दा खड्काका सबै नियात्राहरु वैदेसिक रोजगारीमा क्रममा कतारमा रहँदा लेखिएका हुँन ।  यस अघि बि स २०७४ मा बिनोद खड्काको पहिलो नियात्रा संग्रह "ओला"  प्रकाशित भएको थियो । 

"पातालका मान्छेहरु" नियात्रा संग्रहभित्र नियात्राकारले आफ्नो सयुंक्त राज्य अमेरिकातिरका अनेक यात्राका सन्दर्भमा देखेका, सुनेका र भोगेका अनुभव र अनुभुतीहरुलाई २८ वटा नियात्राहरु मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन । जम्मा ३१६ पृष्ठ रहेको यस नियात्रा संग्रहको प्रकाशन भने शब्दार्थ प्रकाशनले गरेको हो । यही बैशाख १ गते काठमाण्डौमा शब्दार्थ प्रकाशनद्धारा आयोजित एक साहित्यिक कार्यक्रमका बिच उक्त पुस्तकको विमोचन सम्पन्न भएको छ ।  

विगत १४ बर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारको दोहालाई कार्यथलो बनाएका बिनोद खड्काका अनेक साहित्यिक सिर्जनाहरु कान्तिपुर पब्लिेकशन्स लगायतका अनलाईन मिडिया तथा छापा पत्रिकाहरुमा प्रकाशित भएका छन । खड्का अन्र्तराष्ट्र्यि नेपाली साहित्य समाज कतार च्याप्टरसंग पनि सम्बद्ध रहेका छन । यस अघि बि स २०७४ मा खड्काको पहिलो नियात्रा संग्रह “ओला” लाई कतारस्थित नवोदित साहित्यिक वाचनालयका तर्फवाट “नवोदित कृति अवार्ड २०७४” प्रदान गरिएको थियो ।
यो भुगोलको ६ नै महादेशमा पदार्पण गरिसकेका नियात्राकार बिनोद खड्का कान्तिपुर प्रकाशनको गल्फ संस्करणका नियमित रुपमा देखिने सर्जक हुँन । उनका दर्जनौ कविता, लघुकथा तथा नियात्राहरु उक्त प्रकाशनमा प्रकासित भैसकेका छन ।