Ola

Ola

ओला

Paperback
Rs 300
Genre:Travelogue
Language : Nepali
Published: June 09, 2017
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937917902
ISBN10:9937917905
Pages:384

पुस्तकको बारेमा

विभिन्न अनलाईन मिडिया तथा छापा पत्रिकाहरुमा निरन्तर आफ्ना नियात्राहरु लिएर आईरहने नियात्राकार बिनोद खड्काको पुस्तकाकारमा निक्लिएको यो पहिलो नियात्रा संग्रह हो । जम्मा ३८४ पृष्ठ रहेको यस नियात्रा संग्रहमा जम्मा जम्मी ४३ वटा नियात्राहरु प्रकाशित भएका छन । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिक वडा नं १ दुवाकोटका स्थायी बासिन्दा खड्काका सबै नियात्राहरु वैदेसिक रोजगारीका क्रममा कतारमा रहँदा लेखिएका हुँन । यस नियात्रा संग्रहभित्र नियात्राकार खड्काले सयुक्त अरब ईमिरेट्स, मलेसिया, स्विजरल्याण्ड, सयुक्त राज्य अमेरिका, साउथ अफ्रिका, फ्रान्स, ओमान, हंगेरी, जर्मनी, चिन, स्पेन, थाईलेण्ड, पोल्याण्ड, भारत, नेदरल्याण्ड्स, फिलिपिन्स, बेलायत, ईटाली, बंगलादेश, र अष्ट्रेलिया  भ्रमणका क्रममा देखेका, भोगेका, सुनेका, र अनुभव गरेका कुराहरुलाई विभिन्न नियात्राहरुमा प्रस्तुत गरेका छन । 

नियात्रा संग्रहको नाम “ओला” भने यसै नियात्रा संग्रहभित्रको एउटा नियात्राको पात्रको नाममा राखिएको छ । 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशन गरेको यस नियात्रा संग्रहको सम्पादन प्रसिद्ध निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले गरेका छन । यो नियात्रा संग्रहमा नयाँघरेले भुमिका लेखेका छन भने अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको कृतिका वारेमा मनतव्य पनि समेटिएको छ ।

त्यसैगरी कतारको नेपाली डायस्पोरामा निरन्तर रुपमा नेपाली साहित्यको संरक्षण, सम्बर्द्दन र प्रवर्द्दनमा महत्वपूर्ण भूमिका खेलिरहेका दूई संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राई र नवोदित साहित्यिक वाचनालयका अध्यक्ष सीताराम थापाका शुभकामना सन्देशहरु पनि रहेका छन ।

यस नियात्रा संग्रहको विमोचन छुटृाछुटृै कार्यक्रमहरुका बिच नेपाल तथा कतारमा भएको थियो ।

यो भुगोलको ६ नै महादेशमा पदार्पण गरिसकेका नियात्राकार बिनोद खड्का कान्तिपुर प्रकाशनको गल्फ संस्करणका नियमित रुपमा देखिने सर्जक हुँन । उनका दर्जनौ कविता, लघुकथा तथा नियात्राहरु उक्त प्रकाशनमा प्रकासित भैसकेका छन ।

बि स २०७४ मा खड्काको पहिलो नियात्रा संग्रह “ओला” लाई कतारस्थित नवोदित साहित्यिक वाचनालयका तर्फवाट “नवोदित कृति अवार्ड २०७४” प्रदान गरिएको थियो ।