Nepalma Udarvad
Nepalma UdarvadNepalma Udarvad

Nepalma Udarvad

नेपालमा उदारवाद: प्रयोग र परिणाम

Paperback
Rs 535Rs 595
Genre:Literature
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937708951
ISBN10:9937708958
Weight:469 g

पुस्तकको बारेमा

नेपालको अर्थ प्रशासनको लामो अनुभव सँगाल्नुभएका पूर्व सचिव तथा पूर्व महालेखा परीक्षक श्री भानुप्रसाद आचार्यले यस पुस्तकमा उदारवादको सैद्धान्तिक पक्षको चिरफार गर्दै नेपालको सन्दर्भमा त्यसको प्रयोग र परिणामको लेखाजोखा गर्नुभएको छ । पुस्तकले आर्थिक र प्रशासनिक क्षेत्रमा उदारवादको प्रयोग कसरी अघि बढ्यो र वर्तमान अवस्थामा यसले के कस्तो परिणाम दिएको छ भन्ने बारेमा तथ्यपरक रूपमा विश्लेषण गरेको छ। उदारवादको अवधारणा र प्रयोग दुवै पक्ष समेटेर लेखिएको प्रस्तुत पुस्तक जिज्ञासु, पाठक, विद्यार्थी र अनुसन्धाता सबैलाई उपयोगी हुनेछ।

विक्रम संम्वत २००८ सालमा कौशलटार भक्तपुरमा जन्मनु भएका भानुप्रसाद आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एम.कम र वि.एल. उत्तीर्ण गर्न भएको छ। २०३२ सालमा निजामती सेवाको लेखा अधिकृत पदमा प्रवेश गरी २०६३ सालमा अर्थ सचिवबाट सेवा निवृत्त आचार्य, २०७० बैशाखमा महालेखा परीक्षकमा नियुक्त भई २०७३ असारसम्म सेवारत रहनु भयो । आचार्यका अर्थनीति, वैदेशिक सहयोग, व्यापार, लगानी र प्रशासनसँग सम्वन्धित लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।