Nepalma Jatra's front cover
Nepalma Jatra's front coverNepalma Jatra's back cover

Nepalma Jatra

नेपालमा जात्रा
Paperback
Rs 400

पछिल्लो बाहिरी पृष्ठबाट

हो, हामीहरूमध्ये कतिले आफूहरू आर्थिक अवस्थामा जीवनस्तरमा पिछडिएको पनि अनुभव गर्छौं र भन्ने गर्छौ "हाम्रो देश नै गरिब छ" । तर यो हाम्रो लघुताभाराको सन्दर्भ मात्र हो । वास्तवमा धार्मिक, आध्यात्मिक र सांस्कृतिक फाँटमा हामीले आत्मसात् गरेर आइरहेका हाम्रा जात्राहरूमा निहित सत्यतथ्यको उच्चता हिमचुचुरो झैँ नै उच्च भैरहेको छ ।

सत्यमोहन जोशी
वाङ्मय शताब्दी पुरुष

जात्रा एउटा सुन्दर पहिचान पनि हो देशको । यहाँ आयोजित हुने रङ्गीविरङ्गी जात्राहरूले विश्वको ध्यान खिच्न पनि सक्षम छन् । त्यसैले विश्व सांस्कृतिक पर्यटकहरूका लागि जात्रा आकर्षक बनिरहेकै छ । यस्ता अभौतिक सांस्कृतिक सम्पदा 'जात्रा'हरूलाई जनसमक्ष पहिचान गराउँदै संरक्षण र सम्बर्द्धन गर्न सम्बन्धित सबैलाई घच्घच्याउने पुनीत अभिप्राय राख्दै नेपालका केही जात्राहरूको सामान्य परिचय दिने प्रयास गरेको छ ।

तेजप्रकाश श्रेष्ठ
लेखक