Nepali Samajma Sasan
Nepali Samajma SasanNepali Samajma Sasan

Nepali Samajma Sasan

Awastha ra Charitra

नेपाली समाजमा शासन: अवस्था र चरित्र

Paperback
Rs 499Rs 555
Genre:Non-fiction
Language: Nepali
Published:September 2021
Paperback
Origin:Nepal
ISBN13:9789937734806
ISBN10:9937734800

पछिल्लो बाहिरी पृष्ठबाट

बितेका केही दशक समाज र सामाजिक परिवर्तनबारे बुझ्ने काममा बित्यो । यससँग सम्बन्धित थुप्रै घटनाहरूबारे बझ्ने, विश्लेषण गर्ने प्रयत्नमा खर्च भयो । अहिले हामी विश्वव्यापीकरणको युगमा छौँ । यस समयमा विश्व अर्थतन्त्र, राजनीति, द्वन्द्व, हिंसा, प्रतिस्पर्धाजस्ता विषयहरु चर्चाका विषय बने । नेपाली समाजको सन्दर्भमा पनि आधुनिक विश्वव्यापी समाजका विशेषताहरु व्याप्त छन् । शासन, राजनीति, अर्थतन्त्र, बजार, शिक्षा, रोजगारी, समृद्धि नेपाली समाजका बदलिँदो समयमा उठेका विषयहरु हुन । यस किसिमका विषयहरु विगतको नेपाली समाजमा थिएनन् वा फरक स्वरुपमा थिए । यसकारण समाज फेरिदै जाँदा अर्थतन्त्र, राजनीति, शिक्षा, स्वास्थ्य, बजार आदि सम्पूर्ण पक्षहरु फेरिन्छन् । समाजको स्वस्पले यी सबै कुरालाई निर्धारण गर्दछ । यसलाई नै हामी सामाजिक निर्माण र पुनर्निर्माण भन्दछौं । लेखकले यस पुस्तकमा नेपाली समाजका यस्तै समकालीन मुद्दा र विषयहरूबारे समाजशास्त्रीय चर्चा गरेका छन् ।

लेखकले यस पुस्तकमा समकालिन नेपाली समाजका प्रमुख चिन्ताका विषय जस्तैः भ्रष्टाचार, सुशासन, राजनीति, आदिको बारेमा चर्चा गरेका छन् । त्यसैले यो पुस्तकको अध्ययनबाट यी विषयहरूबारे यथेष्ट जानकारी पाउन सकिन्छ ।

डा. टीकाराम गौतम
सह-प्राध्यापक, समाजशास्त्र केन्द्रीय विभाग
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर