Nepali Rastriyata

Nepali Rastriyata

Chintan ra Abhibyakti

नेपाली राष्ट्रियताः चिन्तन र अभिव्यक्ति

Edited by Ramesh Parajuli
Paperback
Rs 150

पुस्तकको बारेमा

बितेका दुई दशकमा नेपालको राजनीतिक, सामाजिक क्षेत्रमा व्यापक परिवर्तन भएको छ । नेपाल राजतन्त्रात्मक हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा रुपान्तरित भएको छ । पुराना मूल्य–मान्यता असान्दर्भिक भएका छन् । नेपाली पहिचान र राष्ट्रियताका आधारस्तम्भ भनेर वर्षौंदेखि पढ्दै–पढाउँदै, घोक्दै–घोकाउँदै आइएका जे कुरा थिए, ती आज मिथ्या भएका छन् । पुरानो भत्किएको र नयाँले स्वरुप ग्रहण गरिनसकेकाले अन्योल र असमञ्जसको स्थिति छ । यो अवस्थालाई चिर्ने र परिवर्तित सन्दर्भमा नेपाली राष्ट्रियता भनेको के हो अथवा नेपाली हुनु भनेको के हो भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा नेपाली राष्ट्रियताः चिन्तन र अभिव्यक्ति तयार भएको छ ।

यो पुस्तक सीके लालकृत नेपालीय हुनलाई ... को विस्तारित र परिष्कृत दोस्रो संस्करण हो । यसमा नेपाली राष्ट्रियताबारेको सीके लालको चिन्तन; मुलुकका विभिन्न ठाउँमा भएका राष्ट्रियतासम्बन्धी बहसका सहभागीका छानिएका ४३ अभिव्यक्ति; ती बहसमा सामेल हुँदाका लेखक खगेन्द्र संग्रौलाका अनुभूति; र राष्ट्रिय झण्डा तथा विभूतिबारे छलफलका सहभागीका अभिमत संगृहीत छन् । नेपाली राष्ट्रियता, नेपाली समाज, यसको इतिहास र समग्र नेपाली राजनीतिबारे चासो एवम् रूचि राख्नेका लागि यो पुस्तक उपयोगी हुनेछ ।