Nepali Lok Bishwash

Nepali Lok Bishwash

नेपाली लोकविश्वास

Paperback
Rs 560
Genre:Language
Language : Nepali
Published: December 06, 2021
Edition:1st
Paperback
Pages:520

पुस्तकको बारेमा

घाँटी छुँदा फुफु गरेर हात फुक्नुको कारण के होला ?
बिट फुटेको थाल वा कचौरामा किन खानु हुँदैन ?
बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
शनिवार छुट्टिनु र मङ्गलवार मिसिनु किन हुँदैन ?
पानी नपर्दा किन भ्यागुताको बिहे गराइएको होला ?

नेपाल प्रज्ञा–प्रतिष्ठानले यी र यस्तै अनेकौँ प्रश्नहरूका उत्तर लोकजीवनबाट खोजेर ‘नेपाली लोकविश्वास’ नामक कृति प्रकाशन गरेको छ । 

एघार अध्यायमा विभाजित प्रस्तुत कृतिको पहिलो अध्यायमा लोकविश्वासको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ भने दोस्रो अध्यायदेखि नवौँ अध्यायसम्म मानव शरीरस“ग, खानास“ग, मानवेतर शरीरस“ग, यात्रास“ग, व्यवहारस“ग, शास्त्रीय विधानसँग, संस्कृतिस“ग र सपनास“ग सम्बन्धित आठ सयभन्दा बढी लोकविश्वासहरूलाई कतै सूचनात्मक र कतै विश्लेषणात्मक ढाँचामा प्रस्तुत गरिएको छ । यस कृतिको दसौँ अध्याय प्राज्ञिक महत्त्वका दृष्टिले उल्लेखनीय छ । यसमा नेपाली साहित्यमा लोकविश्वासको प्रयोग के कसरी गरिएको छ भन्ने कुरालाई अनुसन्धानमूलक ढाँचामा प्रस्तुत गरिएको छ । यहाँ नेपाली कथामा, कविता–काव्यमा, उपन्यासमा, नाटकमा, निबन्धमा र लोकगीतमा नेपाली लोकविश्वासको प्रयोग कसरी गरिएको छ भन्ने कुराका बारेमा गहिरो खोजी गरिएको छ । एघारौँ अध्याय यस कृतिको निष्कर्ष हो । त्यसपछि यहाँ चर्चा गरिएका सबै लोकविश्वासहरूको सूची दिइएको छ ।