Nepali Kangres Etihasik Dastabejharu
Nepali Kangres Etihasik DastabejharuNepali Kangres Etihasik Dastabejharu

Nepali Kangres Etihasik Dastabejharu

नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरु

Paperback
Rs 1750
Genre:Politics
Language: Nepali
Published:April 30, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937006026
ISBN10:9937006023

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली काँग्रेसको लक्ष्य प्रजातान्त्रिक पद्धतिद्वारा पूर्ण समाजवादी व्यवस्था स्थापना गर्ने हो । जसमा सामाजिक र आर्थिक न्याय प्रत्येक नेपालीलाई प्राप्त हुनेछ र भेदभाव रहित समानतापूर्ण प्रगतिशील समाजको निर्माण हुने छ।
- नेपाली काँग्रेसको विधान, २०१२

हामीलाई विश्राम कहाँ ? इतिहासले हामीलाई फुसर्द कहाँ दिइरहेको छ ? हामीलाई इतिहासको हतियार बन्ने सौभाग्य प्राप्त भएकोमा गर्व छ भने यही तथ्यबाट उत्पन्न भएको जिम्मेवारीबाट हामी कसरी मुक्त हुनसक्तछौ र ? त्यसो हुनाले साथीहरू हो, हामी नेपाली काँग्रेसका सिपाहीलाई जो आजको परिस्थितिमा इतिहासका सिपाही भएका छौं, कुनै किसिमको विश्रामको सुख प्राप्त छैन ।
- वी. पी. कोइराला

अनुशासन, इमानदारी, सादगी र निस्वार्थता- यस्ता गुण हुन् जसको शक्ति असीम छ । यी गुणहरूलाई नसँगालेर इतिहासको क्रान्तिकारी संस्थाको सदस्य हुन पाइदैन । हाम्रो देशको सामुन्ने एउटा उज्ज्वल भविष्य छ, आजको स्वार्थले हामी त्यो उज्ज्वल भविष्यलाई नधमिल्याउँ । हामीहरूले चार गुणलाई अँगाल्नुपर्छ । (१) अनुशासन (२) इमानदारी (३) सादगी (8) निस्वार्थता । तथा दुई दुर्गुणलाई त्याग्नुपर्छ: (१) स्थानीय भावना (२) गुटबन्दी ।
- वी. पी. कोइराला

राष्ट्रिय अस्तित्वको सङ्कट आइपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो । त्यसले गर्दा हाम्रो देशमा विदेशी तत्वहरू कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ ।
- राष्ट्रिय मेलमिलापको नीति २०३३