Nepalology
NepalologyNepalology

Nepalology

Theory and Applications

नेपाल विद्या: सिद्दान्त र प्रयोग

Paperback
Rs 585 Rs 650
Genre:History, Research
Language: Nepali
Published:December 01, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937739245
ISBN10:9937739241

पछिल्लो बाहिरी पृष्ठबाट

भनिन्छ, देशको छिमेकी अथवा सँधियार फेर्न सकिँदैन तर गजब भएको छ, हाम्रो दक्षिणको छिमेकी फेरिएको छ । सन् १८९६ डिसेम्बर १ मा लुम्बिनी पुनः पत्ता लाग्दाको हाम्रो दक्षिणी छिमेकी सन् १९४७ देखि फेरिएको छ । तर विडम्बना ! आचरण भने फेरिएन । त्यसैले त बुद्ध तथा लुम्बिनी र कपिलवस्तुबारे पहिलेको र पछि फेरिएको छिमेकी अहिले पनि विवादास्पद समान धारणा राख्छन् । बुद्ध आफैमा सत्य हुन् र विवादमा घिसारि रहनु पर्ने नाम होइन । तिनै बुद्धको जन्म र जीवन कालका स्थानबारे किन दक्षिणी छिमेकीका आँखा लागि रहन्छन् ? राजपाट त्यागेका बुद्धको राजनीतिले दक्षिण एसिया नै कसरी प्रताडित छ र बुद्ध राजनीति र व्यापारको होड किन चलि रहेको छ ? यी प्रश्नको जवाफ लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन गर्दा पाइएको छ ।

प्राचीन कालदेखिको नेपाल काठमाडौं उपत्यका कि त्यसबाहिरको भूक्षेत्र पनि हो ? नेपाल जातीय हो कि भौगोलिक नाम हो ? किरात र लिच्छविका अध्ययन क्षेत्र कस्ता छन् ? नेपालका बासिन्दा र तिनले बोल्ने भाषा कसरी र कहिलेदेखि नेपाली नै भयो ? गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल मण्डलमा विजय हासिल गरेपछि मात्र नेपाली भाषा नेपालमा प्रचलनमा आएको हो कि त्यसअघि पनि नेपाली नै थियो ? बेलायती अध्ययन परम्पराको गलत अभ्यासमा नेपाली भाषाले केकस्तो अस्तित्वको लडाइँ लड्नु परेको थियो ? गोर्खा, पर्वते वा खस अङ्ग्रेजले जे जे भनिदिए त्यही नेपाली हो त ? उर्बर ल्याटिन परम्पराको अध्ययनलाई बेलायतीले किन जानाजान उपेक्षा गरे र नेपाल र नेपालीलाई आफ्नो स्वार्थसिद्ध गर्ने गरी प्रयोग गरे ? सिला खोजेको भाषाले यी प्रश्नको जवाफ दिन्छ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode