Nepal ka Khas Jati

Nepal ka Khas Jati

नेपालका खस जाति

Paperback
Rs 90Rs 100
Currently not available.
Contact us for further queries.
Genre:History
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937242707
ISBN10:9937242703
Pages:116

पुस्तकको बारेमा

आधुनिक नेपाल निर्माण र सञ्चालनमा खसहरूको अतुलनीय योगदान छ । शासक जातिको रूपमा यो ऐतिहासिक दायित्व वहन गर्ने प्रक्रियामा खसहरूबाट भए-गरेका कमि–कमजोरीका कारण आफूहरू राष्ट्रको मूलधारबाट बाहिरिन पुगेका आवाज पनि उत्तिकै प्रबल छन्, आजको नेपालमा । यस क्रममा एकातिर कतिपय जातीय, क्षेत्रीय ‘पीडित’हरूको बोलीमा उग्र साम्प्रदायिकता झ्ल्कन थालेका छन् भने अर्कोतिर ‘गणतन्त्र र धर्मनिरपेक्षताबाट आफूहरूको अस्तित्वमाथि नै आक्रमण थालिएको’ वर्चस्ववादी प्रचारबाजीले पनि आकार लिँदैछ । राष्ट्रले यसरी इतिहासको महासङ्क्रमण सामना गरिरहेका बेला कानुनमा विद्यावारिधि विपिन अधिकारीले नेपालका खस जाति (क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्न्यासी, वादी, दमाई र गाइने) नामको कृति ल्याएका छन् ।